माइकेनिया झार नियन्त्रण गर्न जोतेर बृक्षरोपण

झापा- माइकेनिया जातको ज्याद्रो झारले फस्टाउन नदिएपछि हल्दिबारी ४ स्थित पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूहले नयाँ प्रविधिबाट वृक्षरोपण थालेको छ ।

बाँझो खेतमा बिरुवा रोप्दा माइकेनिया झारले पुरै छोपेर बिरुवा बढ्न नदिएपछि वन उपभोक्ता समूहले जोतखन गरेर बृक्षरोपण थालेको हो । ट्याक्टरले जोतेर करिब ३० हेक्टर जमिनमा त्यसरी बृक्षरोपण गर्न थालिएको अध्यक्ष चिरन्जीवि पौडेलले बताए ।

पाथीभरा कालिका सामुदायिक वनअन्तर्गत ७४०.८३ हेक्टर वनक्षेत्र रहेको छ । त्यसमध्ये करिव २ सय हेक्टर खालीखोल्सा छ । जुन माइकेनिया झारले छोपिएको छ । माइकेनिया झारलाई नियन्त्रण गर्नका लागि खनजोत गरेर बृक्षरोपण गर्नुपरेको अध्यक्ष पौडेलले बताए ।

‘बाँझो र जोतेको धेरै अन्तर हुन्छ ’ उनले भने ,‘ जोतेको ठाउँमा लगाएको बिरुवा छिट्टै फस्टाउँछ र माइकेनियाले सजिलै छोप्न पाउँदैन ।’ जोतेको ठाउँमा सब डिभिजन वन कार्यालय रंगियाडाँडाबाट ल्याएर साल , जामुना , हर्रो , बर्रो , पानीसाज , लटहरजस्ता जातका करिव १३ हजार ५ सय बिरुवा रोप्ने योजना रहेको उनले सुनाए । बृक्षरोपणमा स्थानीय उपभोक्ताहरु नै खटिएका छन् । पुरुषहरुले खन्ने र महिलाहरुले बिरुवा रोप्ने गरेका छन् । पुरुष र महिलालाई भेदभाव नगरी समान ६ सय रुपैयाँ ज्याला दिने गरेको पौडेलले बताए ।

बाँझो खेतमा भन्दा जोतेर बृक्षरोपण गर्दा खर्च बढी लाग्छ । बाँझो खेतमा बिरुवा रोप्दा माइकेनिया झारले हुनै नदिएपछि खर्च बढेपनि जोतेरै बिरुवा रोप्नु परेको उनले अनुभव सुनाए । पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूहले वृक्षरोपणका लागि करिव ६ लाख बजेट छुट्याएको छ ।

नगदे बाली लगाउँदा सिकेको अनुभव

पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूहले माइकेनिया नष्ट गर्न करिव ६ लाख रुपैयाँ खर्च गरेको थियो । तर, संभव भएन ।फाड्यो फेरि आइहाल्छ । फाडेको ठाउँमा बिरुवा पुनरउत्पादन पनि हुन सकेन । त्यसकारण वन उपभोक्ता समूहले बृक्षरोपण गरेको ठाउँमा नगदे बाली लगाउन दिने अवधारणा ल्यायो ।वनभित्रको खाली जमिनमा बृक्षरोपण गरेको ठाउँमा जोतखन गरेर नगदे बाली लगाउन दिँदा माइकेनिया नआउने देखेपछि त्यसकै आधारमा जोतखन गरेर बिरुवा लगाउन थालिएको पौडेलले बताए ।

वनभित्रको खाली ठाउँमा उपभोक्ताहरुले बेसार , अदुवा र तरकारी बाली लगाएका छन् । गत वर्ष वन उपभोक्ता समूहले १३ परिवार उपभोक्तालाई ६० हजारको बेसारको बीउ किनेर रोप्नका लागि निःशुल्क वितरण गरेको थियो । यस वर्ष १ लाखको बीउ बाँडेको समूहकी सचिव भावना मैनालीले बताइन् । सो वनमा ८ सय ६ परिवार आवद्ध रहेका छन् । ६३ सय हेक्टर क्षेत्रफलमा फैलिएको जलथल जंगलमा २२ वटा वन उपभोक्ता समूह रहेका छन् । जसमध्ये पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूहले राम्रो प्रगति गरेको छ । सो वनले ५० लाखको हाराहारीमा बार्षिक आम्दानी गर्ने गरेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago