माइकेनिया झार नियन्त्रण गर्न जोतेर बृक्षरोपण

झापा- माइकेनिया जातको ज्याद्रो झारले फस्टाउन नदिएपछि हल्दिबारी ४ स्थित पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूहले नयाँ प्रविधिबाट वृक्षरोपण थालेको छ ।

बाँझो खेतमा बिरुवा रोप्दा माइकेनिया झारले पुरै छोपेर बिरुवा बढ्न नदिएपछि वन उपभोक्ता समूहले जोतखन गरेर बृक्षरोपण थालेको हो । ट्याक्टरले जोतेर करिब ३० हेक्टर जमिनमा त्यसरी बृक्षरोपण गर्न थालिएको अध्यक्ष चिरन्जीवि पौडेलले बताए ।

पाथीभरा कालिका सामुदायिक वनअन्तर्गत ७४०.८३ हेक्टर वनक्षेत्र रहेको छ । त्यसमध्ये करिव २ सय हेक्टर खालीखोल्सा छ । जुन माइकेनिया झारले छोपिएको छ । माइकेनिया झारलाई नियन्त्रण गर्नका लागि खनजोत गरेर बृक्षरोपण गर्नुपरेको अध्यक्ष पौडेलले बताए ।

‘बाँझो र जोतेको धेरै अन्तर हुन्छ ’ उनले भने ,‘ जोतेको ठाउँमा लगाएको बिरुवा छिट्टै फस्टाउँछ र माइकेनियाले सजिलै छोप्न पाउँदैन ।’ जोतेको ठाउँमा सब डिभिजन वन कार्यालय रंगियाडाँडाबाट ल्याएर साल , जामुना , हर्रो , बर्रो , पानीसाज , लटहरजस्ता जातका करिव १३ हजार ५ सय बिरुवा रोप्ने योजना रहेको उनले सुनाए । बृक्षरोपणमा स्थानीय उपभोक्ताहरु नै खटिएका छन् । पुरुषहरुले खन्ने र महिलाहरुले बिरुवा रोप्ने गरेका छन् । पुरुष र महिलालाई भेदभाव नगरी समान ६ सय रुपैयाँ ज्याला दिने गरेको पौडेलले बताए ।

बाँझो खेतमा भन्दा जोतेर बृक्षरोपण गर्दा खर्च बढी लाग्छ । बाँझो खेतमा बिरुवा रोप्दा माइकेनिया झारले हुनै नदिएपछि खर्च बढेपनि जोतेरै बिरुवा रोप्नु परेको उनले अनुभव सुनाए । पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूहले वृक्षरोपणका लागि करिव ६ लाख बजेट छुट्याएको छ ।

नगदे बाली लगाउँदा सिकेको अनुभव

पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूहले माइकेनिया नष्ट गर्न करिव ६ लाख रुपैयाँ खर्च गरेको थियो । तर, संभव भएन ।फाड्यो फेरि आइहाल्छ । फाडेको ठाउँमा बिरुवा पुनरउत्पादन पनि हुन सकेन । त्यसकारण वन उपभोक्ता समूहले बृक्षरोपण गरेको ठाउँमा नगदे बाली लगाउन दिने अवधारणा ल्यायो ।वनभित्रको खाली जमिनमा बृक्षरोपण गरेको ठाउँमा जोतखन गरेर नगदे बाली लगाउन दिँदा माइकेनिया नआउने देखेपछि त्यसकै आधारमा जोतखन गरेर बिरुवा लगाउन थालिएको पौडेलले बताए ।

वनभित्रको खाली ठाउँमा उपभोक्ताहरुले बेसार , अदुवा र तरकारी बाली लगाएका छन् । गत वर्ष वन उपभोक्ता समूहले १३ परिवार उपभोक्तालाई ६० हजारको बेसारको बीउ किनेर रोप्नका लागि निःशुल्क वितरण गरेको थियो । यस वर्ष १ लाखको बीउ बाँडेको समूहकी सचिव भावना मैनालीले बताइन् । सो वनमा ८ सय ६ परिवार आवद्ध रहेका छन् । ६३ सय हेक्टर क्षेत्रफलमा फैलिएको जलथल जंगलमा २२ वटा वन उपभोक्ता समूह रहेका छन् । जसमध्ये पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूहले राम्रो प्रगति गरेको छ । सो वनले ५० लाखको हाराहारीमा बार्षिक आम्दानी गर्ने गरेको छ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago