मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको ठाउँमा दुई शव

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको ठाउँमा दुई शव फेला परेको छ।

मर्स्याङ्दी नदी किनारामा आज बिहान शव फेला परेका हुन्।दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए। पोखरा र चितवनबाट आएको गोताखोर टोलीले यहाँ खोजी कार्य जारी राखेका छन्।

‘मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने अनुमान छ,’ उनले भने। यहाँ बा १० च ४६७९ नम्बरको कारको नम्बर प्लेट फेला परेको छ।

अविरल वर्षापछि गए राति करिब ३ बजेतिर यहाँ सडक भासिएको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले कार र मोटरसाइकल पहिरोमा परेको देखिएको बताए।मोटरसाइकल चालक भने सकुशल छन्।

कार भने मर्स्याङ्दी नदीमा पुगेको थियो। ‘कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलिअलि मात्रै देखिएको छ। कारमा कति मान्छे थिए भन्ने खुलेको छैन,’ उनले भने। घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएका छन्।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago