यारी-हिल्सा सडक,हिमपहिरो पन्छाई सुचारु गरियाे

सिमकोट- ४ हजार छ सयदेखि आठ सय मिटर अग्लो स्थानको यारी हिल्सा सडक सुचारु भएकाे छ। हिल्सा-सिमकोट सडकखण्डको हिल्सा यारी खण्डमा हिउँ जमेकाे र हिमपहिराले भत्काएको सडक मर्मतपश्चात सुचारु भएकाे हाे।

छ दिन लगाएर मेसिनबाट जमेको हिउँ र भत्केको सडक मर्मत गरी सञ्चालनमा आएको हिल्सा-सिमकोट सडक आयोजनाका योजना प्रमुख वीरेन्द्र कुमार यादवले जानकारी दिए।

सडकमा जमेको साढे दुई मिटर अग्लो र दुई सय मिटर लम्बाई हिउँ पन्छाउने कार्य भएको थियो। याेजना प्रमुख यादवले साना-ठुूला गरी पच्चीस स्थानमा हिमपहिरोले भत्काएको सडकको मर्मत गर्नुपरेको बताए। हिल्सा-यारी खण्डकाे लम्बाई एघार किलोमिटर रहेको छ। यादव आफैँ पनि मर्मतस्थलमा खटिएका थिए।

सडक सुचारु भएसँगै गाडीहरू पनि चल्न थालेका छन्। यादवको समूह गाडीमा हिल्सा पुगेर फर्केको छ। नारा खण्डमा सडक मर्मतपछि अब सिमकाेट-हिल्सा यातायात पनि सुचारु हुनेछ। उक्त खण्ड ९५ किलोमिटर रहेको छ।

प्रमुख जिल्ला अधिकारी सीता परियारले यसबाट हिल्साका व्यवसायी, सुरक्षाकर्मी र लिमीवासीलाई आवातजावतमा सहज हुने बताइन्। सडक सुचारु भएपछि प्रजिअ परियार स्थलगत अनुगमनका लागि हिल्सातर्फ जाने तयारीमा छिन्।

 

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago