यारी-हिल्सा सडक,हिमपहिरो पन्छाई सुचारु गरियाे

सिमकोट- ४ हजार छ सयदेखि आठ सय मिटर अग्लो स्थानको यारी हिल्सा सडक सुचारु भएकाे छ। हिल्सा-सिमकोट सडकखण्डको हिल्सा यारी खण्डमा हिउँ जमेकाे र हिमपहिराले भत्काएको सडक मर्मतपश्चात सुचारु भएकाे हाे।

छ दिन लगाएर मेसिनबाट जमेको हिउँ र भत्केको सडक मर्मत गरी सञ्चालनमा आएको हिल्सा-सिमकोट सडक आयोजनाका योजना प्रमुख वीरेन्द्र कुमार यादवले जानकारी दिए।

सडकमा जमेको साढे दुई मिटर अग्लो र दुई सय मिटर लम्बाई हिउँ पन्छाउने कार्य भएको थियो। याेजना प्रमुख यादवले साना-ठुूला गरी पच्चीस स्थानमा हिमपहिरोले भत्काएको सडकको मर्मत गर्नुपरेको बताए। हिल्सा-यारी खण्डकाे लम्बाई एघार किलोमिटर रहेको छ। यादव आफैँ पनि मर्मतस्थलमा खटिएका थिए।

सडक सुचारु भएसँगै गाडीहरू पनि चल्न थालेका छन्। यादवको समूह गाडीमा हिल्सा पुगेर फर्केको छ। नारा खण्डमा सडक मर्मतपछि अब सिमकाेट-हिल्सा यातायात पनि सुचारु हुनेछ। उक्त खण्ड ९५ किलोमिटर रहेको छ।

प्रमुख जिल्ला अधिकारी सीता परियारले यसबाट हिल्साका व्यवसायी, सुरक्षाकर्मी र लिमीवासीलाई आवातजावतमा सहज हुने बताइन्। सडक सुचारु भएपछि प्रजिअ परियार स्थलगत अनुगमनका लागि हिल्सातर्फ जाने तयारीमा छिन्।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago