जापानमा नेपाली विद्यार्थीको पिडा कम गर्न अन्तरक्रिया कार्यक्रम हुने

कविकिरण न्यौपाने – गत हप्ताको मात्र कुरा हो, स्टूडेन्ट भिषामा जापान आएको दुई हप्ता पनि नपुग्दै एक जना नेपाली विध्यार्थीले जापानको नागोयामा अगालमा ज्यान गुमाए । उनको मृत्यूको कारण आत्माहत्या भनिएको छ। नागोया स्थित ईएसएल जापानी भाषा स्कुलमा अध्ययनका लागी नेपालको प्यानेसिया एजुकेशन फाउन्डेशन नयाँ वानेश्वर काठमाडौंबाट आएका उनिले किन आत्माहत्या गर्न पर्यो ? जापानमा नेपालीले आत्माहत्या गरेको यो भने पहिलो होईन । महिनै पिच्छे नेपालीका आत्माहत्याका कारण ज्यान गुमाई रहेका घटना आई रहेको छ। यस हप्ता त जापानमा २ जना नेपालीले आत्माहत्याका कारण ज्यान गुमाए। मरेर जाने त गई हाल्यो, बाँचेका ईष्टमित्र र आफन्तलाई झनैं पिर अनि समस्या आईलाउछ । के पिडाका कारण जापानमा नेपालीले आत्माहत्या गरि रहेका छन् ? कसरी कम गर्न सकिन्छ त यस्ता घटनाहरु र जापानमा नेपाली विद्यार्थीको ठूलो समस्या भनेको शुरुमा काम पाउन कठिन हुनु हो। यसै विषयलाई समेटेर जापानको नागोया शहरमा बृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ।

पछिल्लो समय नेपाली विद्यार्थीहरु नेपाली बाटै ठगिने गरेको गुनासो पनि आई रहेको छ। धेरै कलेजको होस्टेलको जिम्मा नेपालीहरुले लिने गरेको बताईएको छ। यौटौं कोठामा भेडा बाख्रा जस्तै कोच्ने र कोठामा प्रयोग गरिने सामानहरु पनि ज्यादै कमसल राखिने गरेको विद्यार्थीहरुको गुनासो छ।

विद्यार्थीका समस्याका बारेमा गर्न लागिएको त्यस कार्यक्रमको आयोजना एनआरएनए जापान , क्षेत्रीय समिति नागोया र नेपाली विद्यार्थी समाज जापानले संयुक्त रुपमा गर्न लागेका हुन्। कार्यक्रमको मिडिया पार्टनर भने जापानको अनलाईन समून्द्रपारि डटकम रहेको छ। जापानमा आउन साथ जो कोहीले पनि शुरुमा एक्लो महसुस गर्न हुदाँ शुरुवादी चरणमा जापानको रहन -सहनको बारेमा नव आगन्तुकहरुलाई जानकारी गराउन यो कार्यक्रम फलदायी हुने नेपाली विद्यार्थी समाज जापानका अध्यक्ष अजय रानाले बताए। नेपालबाट विधार्थीहरु ऋणमा ठूलो रकम खर्चेर जापान आउने र शुरुमा काम खोज्ने तरिका थाहा नहुने हुदाँ काम पाउन गाह्रो हुने गरेको र त्यसैको सहजिकरण गर्न लागिएको एनआरएनए नागोया क्षेत्रीय समितिका सह – संयोजक कृष्ण गौतमले बताए । उक्त कार्यक्रममा सम्भव हुने सबैलाई आउन उनले अनुरोध गरेका छन्। कार्यक्रम आगामी जुन १२ तारिक आईतवार दिनको १ बजे बाट शुरु हुने बताइएको छ।

कार्यक्रममा विभिन्न विषयमा विज्ञता प्राप्त गरेका नेपाली र जापानिज बाट जापानमा आफ्नो जिवनयापन कसरी सहज बनाउने बारेमा प्रकास परिने बताइएको छ। जापानमा विद्यार्थीका जटिल समस्या रहेको बताउँदै एनआरएनए जापानका सचिव श्याम शितलले यस प्रकारको कार्यक्रमले आफु कसरी सक्षम हुने भन्ने बारेमा विद्यार्थीलाई थाहा हुने उनको तर्क छ। आफुलेनै यो कार्यक्रम गर्न प्रस्ताव गरेको उनले बताए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago