जापानमा नेपाली विद्यार्थीको पिडा कम गर्न अन्तरक्रिया कार्यक्रम हुने

कविकिरण न्यौपाने – गत हप्ताको मात्र कुरा हो, स्टूडेन्ट भिषामा जापान आएको दुई हप्ता पनि नपुग्दै एक जना नेपाली विध्यार्थीले जापानको नागोयामा अगालमा ज्यान गुमाए । उनको मृत्यूको कारण आत्माहत्या भनिएको छ। नागोया स्थित ईएसएल जापानी भाषा स्कुलमा अध्ययनका लागी नेपालको प्यानेसिया एजुकेशन फाउन्डेशन नयाँ वानेश्वर काठमाडौंबाट आएका उनिले किन आत्माहत्या गर्न पर्यो ? जापानमा नेपालीले आत्माहत्या गरेको यो भने पहिलो होईन । महिनै पिच्छे नेपालीका आत्माहत्याका कारण ज्यान गुमाई रहेका घटना आई रहेको छ। यस हप्ता त जापानमा २ जना नेपालीले आत्माहत्याका कारण ज्यान गुमाए। मरेर जाने त गई हाल्यो, बाँचेका ईष्टमित्र र आफन्तलाई झनैं पिर अनि समस्या आईलाउछ । के पिडाका कारण जापानमा नेपालीले आत्माहत्या गरि रहेका छन् ? कसरी कम गर्न सकिन्छ त यस्ता घटनाहरु र जापानमा नेपाली विद्यार्थीको ठूलो समस्या भनेको शुरुमा काम पाउन कठिन हुनु हो। यसै विषयलाई समेटेर जापानको नागोया शहरमा बृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ।

पछिल्लो समय नेपाली विद्यार्थीहरु नेपाली बाटै ठगिने गरेको गुनासो पनि आई रहेको छ। धेरै कलेजको होस्टेलको जिम्मा नेपालीहरुले लिने गरेको बताईएको छ। यौटौं कोठामा भेडा बाख्रा जस्तै कोच्ने र कोठामा प्रयोग गरिने सामानहरु पनि ज्यादै कमसल राखिने गरेको विद्यार्थीहरुको गुनासो छ।

विद्यार्थीका समस्याका बारेमा गर्न लागिएको त्यस कार्यक्रमको आयोजना एनआरएनए जापान , क्षेत्रीय समिति नागोया र नेपाली विद्यार्थी समाज जापानले संयुक्त रुपमा गर्न लागेका हुन्। कार्यक्रमको मिडिया पार्टनर भने जापानको अनलाईन समून्द्रपारि डटकम रहेको छ। जापानमा आउन साथ जो कोहीले पनि शुरुमा एक्लो महसुस गर्न हुदाँ शुरुवादी चरणमा जापानको रहन -सहनको बारेमा नव आगन्तुकहरुलाई जानकारी गराउन यो कार्यक्रम फलदायी हुने नेपाली विद्यार्थी समाज जापानका अध्यक्ष अजय रानाले बताए। नेपालबाट विधार्थीहरु ऋणमा ठूलो रकम खर्चेर जापान आउने र शुरुमा काम खोज्ने तरिका थाहा नहुने हुदाँ काम पाउन गाह्रो हुने गरेको र त्यसैको सहजिकरण गर्न लागिएको एनआरएनए नागोया क्षेत्रीय समितिका सह – संयोजक कृष्ण गौतमले बताए । उक्त कार्यक्रममा सम्भव हुने सबैलाई आउन उनले अनुरोध गरेका छन्। कार्यक्रम आगामी जुन १२ तारिक आईतवार दिनको १ बजे बाट शुरु हुने बताइएको छ।

कार्यक्रममा विभिन्न विषयमा विज्ञता प्राप्त गरेका नेपाली र जापानिज बाट जापानमा आफ्नो जिवनयापन कसरी सहज बनाउने बारेमा प्रकास परिने बताइएको छ। जापानमा विद्यार्थीका जटिल समस्या रहेको बताउँदै एनआरएनए जापानका सचिव श्याम शितलले यस प्रकारको कार्यक्रमले आफु कसरी सक्षम हुने भन्ने बारेमा विद्यार्थीलाई थाहा हुने उनको तर्क छ। आफुलेनै यो कार्यक्रम गर्न प्रस्ताव गरेको उनले बताए।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago