स्वर्ण पदक विजेता सन्जु चौधरी सुतेको कोठामा मृत

काठमाडौं: सोमबार एकाबिहानै खेलकुद क्षेत्रले ठूलो क्षति बेहोर्नु पर्‍यो । घरेलु मैदानमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की भारोत्तोलन तर्फ स्वर्ण पदक विजेता सन्जु चौधरीले सुतेको कोठामा आत्महत्या गरिन् ।

अघिल्लो रात खेलाडी साथी, संघका पदाधिकारी र प्रशिक्षक साथ रमाइलो गर्दै खानपिन गरेकी सन्जु सोमबार बिहानै कोठामा झुन्डिएको अवस्थामा भेटिइन् । जसले नेपाली खेलकुद यतिबेला तरंगित भएको छ । आखिर किन सन्जुले आत्महत्या गरिन् ।उनले राति अबेर फेसबुकमा गरेको ‘मिसिङ यु लभ’ पोष्टले भने केही संकेत गरेको छ, जुन अनुसन्धानले पछि बताउने नै छ ।

सन्जुको घर नेपालगन्ज हो । लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदपछि सन्जुले काठमाडौं बसेर आफ्नो जागिर र खेलकुदलाई अगाडि बढाएकी थिइन् । नेपाल पुलिस क्लबमा आवद्ध सन्जुले यसै वर्षमात्रै जागिरबाट टाढा रहने निर्णय गरेकी थिइन् ।

पछिल्लो समय उनी तत्काललाई स्थगित भएको चीनमा आयोजना हुने १९औं एसियन गेम्सको तयारीमा थिइन् । प्रशिक्षक सञ्जय महर्जनको ललितपुरस्थित लुभुमा रहेको घरमा रहेर प्रशिक्षण गर्दै आएकी थिइन् । प्रशिक्षणसमेत राम्रो भइरहेको सन्जुले प्रतिक्रिया दिँदै आएकी थिइन् । तर अघिल्लो रात मात्रै सँगै खाना खाएकी सन्जुको मृत्युको खवरले भारोत्तोलन संघ मात्रै हैन, पूरा खेलकुद क्षेत्र नै स्तब्ध छ ।

‘मैले छनोटपछि हिजो मात्रै भेटेको थिएँ । पौने ९ बजेसम्म सँगै थियौं । केही भएको थिएन । उसैले हामीलाई खाना खुवाएकी हो,’ नेपाल भारोत्तोलन संघको अध्यक्ष राम श्रेष्ठ (बोस) ले भने । श्रेष्ठको संघअन्तर्गत रहेका सन्जुका साथी, खेलाडी, प्रशिक्षकलगायतलाई समेत सोधेका छन् । सन्जु कोठामा झुन्डिएको खवर श्रेष्ठलाई बिहान पौने ६ बजे नै प्रशिक्षक महर्जनले जानकारी गराएका थिए । त्यसलगत्तै महर्जनको घरमा पुगी श्रेष्ठले पुलिसलाई खबर गरेका हुन् ।

सन्जु भारोत्तोलन महिलातर्फ स्वर्ण पदक जिताउने ऐतिहासिक खेलाडीसमेत हुन् । उनले १९ वर्षको उमेरमै स्न्याचमा ७४ र क्लीन एन्ड जर्कमा ९७ सहित १७१ भार बहन गर्दै राष्ट्रिय कीर्तिमानसहित महिलातर्फ पहिलो स्वर्ण पदक जित्न सफल भएकी थिईन् ।

पोखरामा भएको भारोत्तोलनमा सन्जुले ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पारेकी थिइन् । क्रिकेट र एथ्लेटिक्स हुँदै सन्जु भारोत्तोलनमा प्रवेश गरेकी हुन् । घरेलु प्रतियोगिताको रूपमा सातौं राष्ट्रिय खेलकुद-२०७३ खेलेकी सन्जु गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको तयारीमा समेत थिइन् ।

सन्जुले अन्तर्राष्ट्रिय स्तरमा इन्डोनेसियाको राजधानी जाकर्तामा भएको १८औं एसियन गेम्स खेलेकी थिइन् । जहाँ केही राष्ट्रिय कीर्तिमानसमेत राखेकी थिइन् । यस्तै १३औं सागका साथै उज्वेकिस्तानमा भएको एसियन भारोत्तोलन च्याम्पियनसिपसमेत खेलेकी थिइन् ।

आगामी १९औं सागमा समेत भारोत्तोलन संघ र नेपाल सरकारले सन्जुबाट ठूलो आशा गरेको थियो । १९ वर्षमा सागको स्वर्ण पदक जितेर इतिहास कायम गरेकी सन्जुको मृत्युले देशलाई अपूरणीय क्षति पुगेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

‘हामीलाई अपूरणीय क्षति भएको छ । सन्जु भारोत्तोलनमा हाम्रो खम्बा हो । राम्रो खेलाडी हो । हामीले धरै अपेक्षा गरेका थियौै । इतिहास पनि ऊ (सन्जु)सँग थियो,’ उनले भने, ‘१९ वर्षमा स्वर्ण पदक जित्नु यो जत्तिको ठूलो उपलब्धि हुनै सक्दैन । राष्ट्रको लगानी, संघको लगानी र स्वयं खेलाडीको पनि मेहनत थियो । ऊ (सन्जु) सँग सरकार भनौं या राखेप सबैले धेरै आशा गरेको थियो ।’

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago