पाल्पा २७ बैशाख
स्थानीयतह निर्वाचन लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मर्यादित, विश्वनिय र भयरहित बनाउन साझा प्रतिवद्धता व्यक्त गरेका छन । पाल्पामा क्रियाशिल ७ राजनीतिकदलहरुले संयुक्त्त दस्तखत गरी निर्वाचन आचार संहिता पुर्ण रुपमा पालन गर्ने वताएका हुन ।
पाल्पा विकास केन्द्र र श्रीनगर एफ एम पाल्पाले गरेको रेडियो बहस कार्यक्रममा बोल्दै पाल्पाका राजनीतिक दलहरु विच स्वच्छ भयरहित वातावारणमा प्रचार प्रसार गर्ने, आ आफ्ना कार्यकर्ताहरु लाई संयमित भएर चुनावी अभियान लाग्न पाल्पाका ७ राजनीतिक दलहरुले संयुक्त रुपमा प्रतिवद्धता व्यक्त गरेका हुन् ।
राजनितिकदल र उम्मेदवार विच एक आपसमा सम्मानजनक व्यबहार गर्ने, मान प्रतिष्ठा इज्जतमा आच आउने किसिमका गतिविधीहरु नगर्ने र भइहालेमा तत्काल रोक्ने प्रतिवद्धता गरेका छन । कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव रामजी पोखरेल, नेपाली काग्रेसका जिल्ला सभापती हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्र पाल्पाका सहइन्चाज अनिल किशोर घिमिरे, नेकपा एकिकृत समाजवादी पाल्पाका सचिव मोहनलाल गैरे, राष्ट्रिय प्रजातन्त्रपाटीका जिल्ला अध्यक्ष डुल बहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य नर्मती सिंजाली र राष्ट्रिय जनमुक्ति पाटीका जिल्ला अध्यक्ष नारायण बहादुर कुवँरले स्वच्छ, निष्पक्ष भयरहित स्थानीय निर्वाचनको लागी, आयोगले जारी गरेको आचार संहिता पुर्ण रुपमा पालना गर्ने प्रतिवद्धता उनीहरुकाे रहेकाे छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…