गोरखा: स्थानीय तहको निर्वाचन आउन अब तिन दिन बाँकी छ । गृह जिल्ला गोरखामा आफ्नो साख जोगाउन केन्द्रीय नेताको दौडधुप बढेको छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धी बनेका जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ आफू निकटका उम्मेदवारलाई मत माग्न गृह जिल्लामा अड्डा जमाएर बसेका छन् ।
श्रेष्ठ र भट्टराई दुवै नेता शुक्रबार साताव्यापी कार्यक्रम बनाएर गृह जिल्ला आइपुगेका हुन् । दुवै नेताको आ–आफ्नो गृह पालिकामा मध्यरातसम्म खटिएका छन् । दुवै नेता वैशाख ३० गते सम्म गोरखामा रहने सचिवालयले जनाएको छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धी बनेका दुवै नेताको ध्यान यसपटक पनि सोही क्षेत्रमा छ ।
उनीहरु बारपाक सुलिकोट, अजिरकोट, सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिका केन्द्रित छन् । शुक्रबारबाट श्रेष्ठले बारपाक सुलिकोट गाउँपालिका–१ र २ नम्बर अन्तर्गत बारपाक गाउँको जनभेटघाटबाट प्रचार अभियानमा सहभागी बने । त्यसयता भने आफ्नै गृह पालिका सिरानचोकमा बढी समय खर्चिएका छन् । घरदैलोसँगै टोल–टोलमा हुने चुनावी कोणसभालाई सम्बोधन गर्दै मत मागेको श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए । आफ्नो गृह पालिका सिरानचोकको अलवा बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा पालुङटार नगरपालिकामा निर्वाचन प्रचारमा श्रेष्ठको दौडधुप छ । माओवादी केन्द्रकोतर्फबाट पालुङटार नगरपालिकामा विवश चिन्तन, सिरानचोक गाउँपालिकामा नवराज पुडासैनी, अजिरकोट गाउँपालिकामा दिपक देवकोटा र बारपाक सुलिकोट गाउँपालिमा विष्णु भट्ट अध्यक्ष पदका उम्मेदवार छन् । यी पालिकामा कांग्रेस र माओवादीका उम्मेदवार नै मुख्य प्रतिस्पर्धी छन् । गाउँपालिका अध्यक्ष उपाध्यक्ष तथा आफ्नो पार्टी निकटका वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारसहित श्रेष्ठले घरदैलो गरेका हुन् ।

शुक्रबार र शनिबार दिनभर बाबुराम भट्टराई आफ्नो गृहनगर पालुङटार केन्द्रित छन् । २०७४ को स्थानीय तह निर्वाचनमा पालुङटारमा कांग्रेस उम्मेदवार दिपकबाबु कँडेल विजयी वनेका थिए । कँडेल अहिले पुन: उम्मेदवार छन् । भट्टराईको गृहनगर पालुङटारमा मुख्य त कांग्रेस, माओवादी र जसपाका उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा छ । सत्तारुढ गठबन्धनको चुनावी सभा छाडेर उनी गृह जिल्ला केन्द्रित बनेका हुन् । शुक्रबारदेखि हरेक दिन दर्जन बढी चुनावी कोणसभालाई भट्टराईले सम्बोधन गर्दै आएका छन् । भट्टराईले आफ्नो गृह नगर पालुङटारलाई प्रतिष्ठाको विषय बनाएका छन् । पालुङटारमा जसपाबाट प्रेम गुरुङ मेयरको उम्मेदवार छन् । गुरुङलाई कांग्रेस र जसपाबाट साझा उम्मेदवार बनाउने भट्टराईको प्रयास भने असफल बनेको थियो । पालुङटारमा चुनावी तालमेलका लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग भट्टराईले आन्तरिक सहमति गरेका थिए । मेयरमा कांग्रेसले जसपालाई सघाउने र उपमेयरमा जसपाले कांग्रेसलाई सघाउने गरी देउवा–भट्टराईले केन्द्रमा गरेको तालमेल वडा बाँडफाँड नमिल्दा स्थानीय स्तरमा भाँडिएको थियो । केन्द्रमा दुई शीर्ष नेताबीचको तालमेलपछि जसपाकोतर्फबाट पालुङटारको उपमेयरमा उम्मेदवारी दिएकी नारायणी अधिकारीले उम्मेदवारी फिर्ता लिएकी थिइन् । तालमेल भाँडिएपछि पालुङटारमा जसपा भने उपप्रमुखको उम्मेदवारविहीन बनेको छ ।

आफ्नो गृह नगरको तालमेलमा असफल भएपछि भट्टराई यतिखेर पालुङटारका विभिन्न गाउँमा आफै चुनावी प्रचार छन् । उनले घरदैलो र कोणसभामार्फत जसपाबाट उम्मेदवार बनेका गुरुङलाई मत मागेका छन् । पालुङटारको वडाको उम्मेदवारसहित भट्टराई टोल–टोल पुगेका छन् ।

भट्टराईले आफ्नो गृह नगर पालुङटारलाई प्रतिष्ठाको विषय बनाउँदै आएका छन् । शुक्रबार पालुङटार नगरपालिका अन्तर्गत १, २, ४ र ५ नम्बर वडामा घरदैलो गरेका भट्टराईले शनिबार ६, ७ , ८, ९ र १० का विभिन्न टोलहरुमा पुगे । आइतबार भने बारपाक सुलिकोटको चुनावी प्रचारमा सहभागी बनेका थिए । ‘प्रत्येक घर–घरमा पुग्ने योजना थियो, समय कम छ, प्रत्येक टोलमा पुगेर हाम्रा कुरा राखेका छौँ,’ भट्टराईका स्वीकय सचिव रोसन पोखरेलले भने, ‘स्थानीय सरकारको महत्त्व बोध होस्, स्थानीय सरकार जनतको दैनिकीसँग जोडिएको छ, स्थानीय स्रोत साधानको दैनिकी सँग जोडिएका विषयलाई पनि सचेतनामूलक ढंगबाट उठाएका छौँ ।’ नेपाली कांग्रेसका र नेकपा एमालेका केन्द्रीय सदस्यहरु पनि चुनावी प्रचारका लागि जिल्ला आएका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago