स्थानिय निर्वाचनमा बिदेश बसेका नेपालीले बन्न पाउछन त उमेदवार

कविकिरण न्यौपाने/ टोकियो,स्थानिय निर्वाचनको परिणामले आफ्नो गाउँ ठाँउको विकासमा प्रत्यक्ष सरोकार राख्ने हुँदा यति बेला जापान मात्र होईन, विश्वभर बसेका नेपालीहरुको चासो स्थानिय निर्वाचनमा छ। कोही नेपाल गएर निर्वाचन लडि रहेको अवस्थामा बिदेश बसेका नेपालीहरुले चुनावमा उमेदवार बन्न पाउँछन त भन्ने प्रश्न समेत उठेको छ। सो विषयमा जापानमा रहेका अन्तराष्ट्रिय अधिवक्ता एवं जनसम्पर्क समिति जापानका पूर्व अध्यक्ष डा बलराम श्रेष्ठ संग प्रतिक्रिया लिदाँ नेपालको संविधान को धारा २९१ मा यस्को व्याख्या गरेको बताउँछन ।

यस संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बिदेशको स्थायी आवासिय अनुमतिपत्र लिएको नेपालको नागरिक यस संविधान बमोजिम निर्वाचन , मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित , मनोनित वा नियुक्तिको लागि योग्य हुने छैन भनिएको छ। उहाका अनुसार तर यस्तो बिदेशको स्थायी आवासिय अनुमतिपत्र त्यागेको व्यक्तिलाई कम्तीमा ३ महिनाको अवधि व्यतित भए पछि त्यस्तो पदमा निर्वाचित , मनोनित वा नियुक्त गर्न वाधा पर्ने छैन भनिएको डा श्रेष्ठ बताउछन ।

जापानमा अध्ययन, व्यवशाय एवं रोजगारी गरिरहेका जो कोहिले नेपालमा हुने जुन सुकै निर्वाचनमा भाग लिन पाउने र एइजु भिषा पनि स्थायी अनुमति नभएकोले जापानमा भोटिङ्ग राईट नहुने हुदाँ नेपालमा उमेदवारी हुन पाउने उनको तर्क छ। जापानकै पासपोर्ट लिएकाले भने नेपालमा हुने कुनै पनि निर्वाचनमा उमेदवार हुन नपाउने उनको भनाई छ।

नेपालमा स्थानिय निर्वाचनको मिति नजिकिदै जादाँ जापान बाट नेपाल जाने नेपालीको क्रम बढेको छ । त्यस्तै जापानमा बस्दैं आएकाहरु पनि स्थानिय चुनावको विभिन्न पदमा उमेद्वार बनेका छन्। जापानमा विद्यार्थी भिषामा आएर यहि पिएचडी गरेका डा सरोज कँडेल चुनावकै लागि नेपाल गएका छन्। उनि नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च पूर्वि एशिया क्षेत्रिय महादेशिय कमिटिका अध्यक्ष समेत हुन्। उनका पिता गोविन्द्रप्रसाद कँडेल चितवनको राप्ति नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उमेदवार बनेका छन्।

बुवा अनि नेकपा एमालेको प्रचार-प्रसारका लागि आफु नेपाल गएको डा सरोज कँडेलले बताए । त्यसै प्रवासी नेपाली मञ्च, जापानका अध्यक्ष सुरेश केसी लगाएतको जत्थानै नेपाल गएका छन्। प्रवासी नेपाली मञ्च जापानको कान्तो क्षेत्रीय कमिटीबाट सौजन्य गरिएका सुर्य अंकित ७ हजार ७ सय झण्डा काठमाडौंमा विषेश कार्यक्रम विच हस्तान्तरण गरिएको अध्यक्ष केसीले बताए । नेकपा (एमाले) को तर्फबाट जापानमा बस्दैं आएका महेन्द्र कुमार श्रेष्ठ ( हुवास गाउ पालिका अध्यक्ष उमेदवार पर्वत) र अनन्त भण्डारी(चन्द्रकोट गाउपालिका वाड नं ७ वाड अध्यक्ष उमेदवार गुल्मी) स्थानिय निर्वाचनमा उमेदवार बनेका केसीको भनाई छ।

अहिलेको स्थानिय चुनाव र केही महिनापछिको प्रतिनिधिसभा निर्वाचन समेतलाई लक्षित गर्दै उनीहरुले चुनावी गीत सार्वजनिक गरेका छन्। प्रवासी नेपाली मञ्चले नेकपा एमालेको पक्षमा मतदानको अपिल गर्दै ‘समृद्ध नेपाल : सुखी नेपाली’ शीर्षकको गीत तयार पारेको हो। काठमाडौँमा एक कार्यक्रमबीच नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, प्रवास इन्चार्ज डा राजन भट्टराई, प्रवासी नेपाली मञ्चकी सचिवालय सदस्य डा विमला भण्डारीलगायतले गीत विमोचन गरेका थिए। गीतको म्यूजिक भिडियोमा शान्ता चौधरी, कोमल ओली, नवराज सिलवाल लगायत एमाले सांसदहरुसहित कलाकारहरुले अभिनय गरेका छन् । त्यस्तै नेकपा एमालेको प्रवासको भातृ संगठन प्रवासी नेपाली मञ्च जापानले ‘यसपालि हजुरको छाप पनि सूर्यमै’ बोलको चुनावी गीत सार्वजनिक भएको छ ।

त्यस्तै जापानमा नेपाली कांग्रेस निकट जन सम्पर्क समिति जापानले पनि स्थानिय निर्वाचनका लागि सदाझैं आवश्यक सहयोग गरि रहेको बताइएको छ। निर्वाचनको प्रचार – प्रसारको लागि केन्द्रले जन सम्पर्क समितिहरुलाई समेटेर समितिनै बनाईएको जन सम्पर्क समिति जापानका सभापति रोशन केसीले बताए । नेपालीहरु बाध्यताले बिदेशमा भए पनि मातृभूमिमा हुने हरेक निर्वाचनमा सबैको चासो रहने उनले बताए। यदाकदा बिदेशमा रहेकाले उमेदवार बन्न नपाउने भनिए पनि हरेक जनप्रतिनिधी चुन्न पाउने नेपालीले चुनिन पनि पाउनु पर्ने उनको धारणा छ। निर्वाचनमा नेपाली पासपोर्ट भएका उमेदवार बन्न पाउनु अधिकार भएको केसी बताउछन् ।

केहि समय देखि जापान रहदैं आएका प्रकाश भण्डारी स्थानीय निर्वाचनमा शारदा नगरपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट मेयर पदमा उमेदवार बनेका छन्। उनि नेपाली कांग्रेस सल्यानका जिल्ला सचिव पनि हुन्। उनि विगतमा जापान रहदैं आएका र जापानमा भएका विभिन्न कार्यक्रममा उनको उपस्थित रहने गरेको थियो।

जापानमा नेकपा (माओवादी ) संम्बद्ध जन -प्रगतिशिल मञ्च , जापानले नेपालमा हुन लागेको स्थानिय निर्वाचनमा व्यापक सहयोग गरिएको बताइएको छ। आवश्यकता अनुसार आ- आफ्ना क्षेत्रमा टि-सट , झण्डा आदी पठाईएको जन – प्रगाति शिल मञ्च , जापानका अध्यक्ष भवानी पन्तले बताए ।

चुनाव प्रचार – प्रसारका लागि जापानबाट व्यापक कार्यकर्ता नेपाल गएका रअझैं जाने क्रममा रहको पन्तको भनाई छ। जन – प्रगातिशिल मञ्च जापानले चुनावकै प्रचार – प्रसारको लागि हालै मात्र चुनावी गित पनि निकालेको छ। आयो – आयो माओबादी हेर बोलको सो गित चेतन गोतामे र टिका पूनःले गाएका छन्। उक्त गितमा जन -प्रगतिशिल मञ्च जापानका केन्द्रिय सदस्य राम खत्री र दिलिप कँडेलको शब्द संकलन रहेको छ।

कोभिटका कारण यतिवेला एयरलाइन्सहरु पनि कम सञ्चालन भएको र नेपाल जाने नेपालीको संख्या पनि अधिक भएकोले टिकट पाउन गाह्रो भएको र हवाई टिकटको मुल्य आकाशियको छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago