काठमाडौं: वाणिज्य बैंकहरुले वैशाखमा निक्षेपको ब्याजदर परिवतर्न नगर्ने भएका छन् । नेपाल बैंकर्स संघको आइतबार बसेको पूर्ण बैठकले वैशाखमा निक्षेपको ब्याजदर परिवर्तन नगर्ने निर्णय गरेको हो ।
नगद मार्जिन भएका वस्तुहरुको एलसी नखोल्ने निर्णय पनि संघले गरेको छ । नेपाल राष्ट्र बैंकले विभिन्न ४७ वटा हार्मोनिक कोडबाट सुरु हुने तीन सयभन्दा बढी वस्तुको आयातमा नगद मार्सिनको व्यवस्था गरेको छ ।
हाल बैंकहरुले व्यक्तिगत मुद्धतीमा ११.०३ प्रतिशत, संस्थागत मुद्धती निक्षेपमा १०.०३ प्रतिशत ब्याज दिँदै आएका छन् । यस्तै रेमिटयान्स खातामा १२.०३ र बचतमा न्यूनतम ६.०३ प्रतिशत ब्याज दिँदै आएका छन् ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…