काठमाडौं: नेपाल आउन लागेका बलिउड अभिनेता सलमान खानका लागि आयोजकले सरकारसँग १५ सय सुरक्षाकर्मी माग गरेको छ । आयोजक ओडीसी इन्टरटेन्मेन्टले सलमान र कार्यक्रमको सुरक्षा प्रवन्धका लागि १५ सय सुरक्षाकर्मी सरकारसँग माग गरेको हो ।
सलमानको सुरक्षामा कुनै कमजोरी नहोस् र कार्यक्रममा कुनै अप्रिय घटना नघटोस् भनेर आफूहरुले १५ सय सुरक्षाकर्मी माग गरेको ओडीसीका प्रमुख सिमान्त गुरुङले जानकारी दिए । “कार्यक्रममा कुनै पनि सुरक्षा थ्रेट नहोस् र कार्यक्रम शान्तिपूर्ण रुपमा सफल होस् भनेर हामीले १५ सय सुरक्षाकर्मी माग गरेका हौं,” उनले भने, “यसबाहेक आफ्नोतर्फबाट गर्ने सुरक्षा प्रवन्ध त हामी गर्छौैं । निजी सेक्युरिटी कम्पनीबाट सेक्युरिटी हायर गर्दैछौं ।”
गुरुड सेक्युरिटीबाट ल्याइएका ६०० देखि ७०० सेक्युरिटी फिल्डमा उतारिने उनले बताए । ओडीसीबाट २०० स्वयंसेवक रहने सिमान्त बताउँछन् ।

सलमानको सुरक्षाका लागि ओडीसीले सातजना पर्सनल बडिगार्ड प्रदान गर्नेछ भने सरकारसँग पीएसओ मागिने गुरुङले जानकारी दिए । उनका अनुसार सरकारसँग ओडीसीले पीएसओ माग्ने तयारी गरिरहेको छ । सलमानका पर्सनल बडिगार्ड भने उतैबाट आउने सिमान्त बताउँछन् ।
सलमान जेठ १४ गते मा दशरथ रंगशालामा हुने ‘दबंग टुर रिलोडेड’ का लागि नेपाल आउने छन् । ओडीसी इन्टटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा सलमानलगायत बलिउड कलाकारहरु नेपाल आउन लागेका हुन् ।

सलमान लगायत टिम नेपाल आउँदा सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।
गुरुङका अनुसार सलमानलाई ३ करोड भारतीय पारिश्रमिकमा नेपाल ल्याउन लागिएको हो । ६ करोडमा बाँकी ३ करोड भने अन्य कलाकारहरूको पारिश्रमिक हो । सलमानलगायत बलिउड अन्य कलाकारहरुलाई पारिश्रमिक पनि पठाइसकिएको छ ।
सलमानको नेपाल बसाई तीन दिनको रहनेछ । २७ तारिखमा उनी नेपाल आउनेछन् ।
दशरथ रंगशालामा हुने कार्यक्रमका लागि ब्रोन्ज टिकट ५ हजार, सिल्भर टिकट १० हजार, गोल्ड टिकट १५ हजार र प्लेटिनम टिकट २५ हजार रूपैयाँ तोकिएको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago