बिष्फोटक पदार्थ बिस्फोट हुँदा एक जना घाइते

२०७८, २७ चैत्र आईतवार १३:४९

बनेपा: काभ्रेको बनेपा नगरपालिका वडा नम्बर २ मा बिष्फोटक पदार्थ बिस्फोट हुँदा एक जना घाइते भएका छन्। जंगलमा भेटिएको बस्तु घरमा ल्याएर आगोमा हाल्दा पड्केर स्थानीय मोहन विक घाइते भएका छन्।

नेपाली सेनाले फायरिङ अभ्यास गर्ने जंगलबाट विकले उक्त बस्तु ल्याएको अनुमान गरिएको छ। बिस्फोटक पदार्थ पड्केर विकको अनुहार र हातमा चोट लागेको छ। सेनाले तालिमका क्रममा हतियारहरू पड्काउने र प्रहार गर्ने गर्छ। तालिमका बेला मिस्ड फायर भएका बिस्फोटक पदार्थहरू सेनाले जंगलमा पुर्ने गरेको थियो।

त्यही बस्तु टिपेर घरमा ल्याएर आगोमा हाल्दा पड्केको अनुमान प्रहरीको छ। उनलाई उपचारका लागि अस्पताल लगिएको छ।
घटनास्थलमा प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी काभ्रेले जनाएको छ।

Comments

ताजा खबर