बेलायती प्रधानमन्त्री किएभका सडकमा निस्किए

बेलायत: बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रूसी आक्रमण सामना गरिरहेको युक्रेनको राजधानी किएभको भ्रमण गरेका छन्।
बिबिसीका अनुसार युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भेट्न जोन्सन शनिबार अचानक किएभ पुगेका थिए।
गत फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण थालेको रूसले मार्च २९ मा किएभनजिकै रहेका आफ्ना सेना हटाएको थियो। रूसी आक्रमण अहिले पूर्वी युक्रेनतिर केन्द्रीत भएको छ।

पूर्वघोषणाबिना किएभ पुगेका जोनसनले जेलेन्स्कीसँग भेटवार्ता गरेका छन्। उनले रूसी आक्रमणविरूद्ध जेलेन्स्कीको नेतृत्व र युक्रेनी जनताले देखाएको बहादुरीको प्रशंसा गर्दै बेलायतले थप सैन्य सहायता दिने घोषणा गरेका छन्।
बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति जेलेन्स्कीले किएभका सडकमा घुमाएका थिए। दायाँबायाँ हतियारधारी सैनिकहरूका बीच जोन्सन र जेलेन्स्की किएभका सडकमा हिँडेका थिए। त्यो क्रममा जोन्सनले केही सर्वसाधारणसँग पनि कुरा गरेको भिडिओमा देखिन्छ।

बेलायती प्रधानमन्त्री औपचारिक पोशाकमा थिए भने जेलेन्स्की ट्रयाकसुटमा देखिन्थे। रूसी आक्रमणपछि जेलेन्स्की सार्वजनिक ठाउँमा औपचारिक पोशाकबिनै उपस्थित हुन्छन्। प्राय: भिडिओमा उनले टिसर्टमात्र लगाएको देखिन्छ।
जोन्सन किएभ पुग्नु अघिल्लो दिन युरोपियन आयोगकी अध्यक्ष उर्सला भोन डेर लेयनले पनि किएभको भ्रमण गरेकी थिइन्।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago