के यातायातमा भएको ‘दुई रुपैयाँ ठगी’ रोक्न भाडादर वृद्धि भएको हो?

काठमाडौं: वाग्मती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले आगामी वैशाख १ गतेदेखि लागु हुनेगरी सार्वजनिक सवारीको भाडा बढाएको छ । मन्त्रालयले प्रदेशभित्र चल्ने छोटो दुरी अन्तर्गत उपत्यकामा गुड्ने सवारीको भाडा दुईदेखि तीन रुपैयाँले वृद्धि गरेको हो ।

सार्वजनिक यातायात व्यवसायीले लामो समयदेखि सरकारलाई दबाब दिँदै दुई रुपैयाँ बढी भाडा असुल्दै आएका थिए । लागु गर्ने नसकिने सोही भाडादर अनुसार मन्त्रालयले भाडा समायोजन गरेका गाडी चढ्नेवित्तिकै २० रुपैयाँ तिर्नुपर्ने बनाएको छ ।
तर, यातायात व्यवसायी भने सरकारले बढाएको भाडादरसँग पनि सन्तुष्ट छैनन् । वैशाख १ गतेदेखि लागु हुने भनिएको भाडादर अहिले नै व्यवसायीले उठाउन थालिसकेका छन् । उपत्यकामा सञ्चालन हुने यात्रुवाहक सवारी साधनको हकमा किलोमिटरका आधारमा भाडा बढाइएको छ । गाडी चढ्नेवित्तिकै अर्थात पाँच किलोमिटरसम्म १८ रुपैयाँको साटो २० रुपैयाँ तिर्र्नुपर्नेछ ।

गाडी चढ्नेवित्तिकै २० रुपैयाँ तिर्नुपर्ने बताइए पनि न्यूनतम भाडा २५ रुपैयाँ उठाउने गरिएको छ ।
अब १० किलोमिटरमा २३ को साटो २५ रुपैयाँ, १५ किलोमिटरसम्म २७ को साटो ३० रुपैयाँ, २० किलोमिटरमा ३० रुपैयाँको साटो ३३ रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँको साटो ३८ रुपैयाँ तिर्नुपर्नेछ ।

तर, व्यवसायीहरुले भने छोटो दुरी अन्तर्गतको पाँचदेखि दश किलोमिटर दुरीमै २५ देखि ३५ रुपैयाँ भाडा असुल गरिरहेका छन् । करिब सात महिनासम्म आफैं मनलाग्दी भाडा असुल्दै आएका व्यवसायीलाई सरकारले नियमन गर्न सकेन ।
व्यवसायीकै दबाबले मन्त्रालयले गत कात्तिकदेखि लागु हुनेगरी चढ्ने वित्तिकै १८ रुपैयाँ तिर्नुपर्ने गरी भाडा समायोजन गरेको थियो । व्यवसायीहरुले आफूहरुकै कारण अहिले सरकारले औपचारिक रुपमा गाडी चढ्नेवित्तिकै २० रुपैयाँ कायम गरेको बताएका छन् ।
उक्त भाडादरमा यात्रुले पाउने दुई रुपैयाँ (खुद्रा रुपैयाँ) बजारमा नपाइने भन्दै व्यवसायीले दुई रुपैयाँ बढी भाडा आफंै असुल्दै आएका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो दुरीका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर १० देखि १५ प्रतिशतले वृद्धि गरेको छ ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago