मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

२०७८, २७ चैत्र आईतवार १३:२०

तनहुँ: तनहुँमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । व्यास नगरपालिका– १ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक बृद्धाको मृत्यु भएको हो । मृत्यु हुनेमा तनँहुको ऋषिङ गाउँपालिका ४ भिरकोटकी ७५ वर्षीया पार्वती रानाभाट रहेकी छन् ।
हाईस्कुलटारबाट दमौलीतर्फ आउँदै गरेको ग १४ प ६५७ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा पछाडि सवार उनी घाइते भएकी थिइन् । उपचारका लागि जिल्ला अस्पताल दममौलीमा पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


ताजा खबर