हेटौंडा उपमहानगरको मेयर, उपमेयर उम्मेदवारी टुङ्गो

मकवानपुर: बागमती प्रदेशको एकमात्र उपमहानगर हेटौंडा उपमहानगरपालिकामा आगामी स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेबाट मेयर र उपमेयरको उम्मेदवारी आज टुङ्गिने छ ।

उम्मेदवारीको टुङ्गो लगाउन नेपाल कम्युनिष्ट पार्टी (एमाले) हेटौंडा उपमहानगरपालिका कमिटीको बैठक आज बस्दै छ । हेटौंडा–८ कमानेमा उपमहानगर कमिटी बैठक बस्न लागेको हो । आजको बैठकबाट सकेसम्म हेटौंडामा मेयर र उपमेयरको उमेदवार टुङ्गो लगाइने पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले बताए ।

मेयर र उपमेयरका लागि सर्वसहमतिका आधारमा टुङ्गो लगाउने तयारी भएको छ । यद्यपि सहमती नभएमा मतदानको प्रक्रियाबाट उमेदवारको टुङ्गो लगाईने नगर कमिटीले जनाएको छ ।

अन्तिम समयसम्म आइपुग्दा एमालेबाट हेटौंडा उपमहानगरको मेयरको आकांक्षी ७ जना रहेका छन् भने उपमेयरमा पनि ५ जनाले आफू उमेदवार बन्ने इच्छा व्यक्त गरेका छन् । मेयरको उमेदवार बन्नका लागि हेटौंडा उपमहानगरपालिकाका बहालवाला मेयर हरि बहादुर महत, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर राना, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, संविधानसभाका सदस्य अनन्त पौडेल, एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्यहरु मदन कुमार दाहाल र ध्रुवप्रसाद चौलागाई आकांक्षी देखिएकाे छ ।

यसैगरी उपमेयरमा अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष तथा पार्टी नगर सहइन्चार्ज सुमित्रा काफ्ले, पार्टी सहसचिव सीता बिष्ट, महिला नेतृहरू प्रतिमा श्रेष्ठ, आरती पाठक, मेनुका दाहाललगायतकाले इच्छा व्यक्त गरेका छन् ।

पार्टी नेतृत्वले आपसी सहमति गर्न निर्देशन दिएको भए पनि मेयर र उपमेयरका उम्मेदवारहरु एकले अर्कालाई छोड्ने पक्षमा देखिएका छैनन् ।

नेताहरु आफै पनि उमेदवार भएकाले सहमती भइहाल्ने अवस्था पनि नरहेको नगरकमिटीका एक नेताले बताए । एकले अर्कालाई समर्थन पनि नगर्ने र अन्तिममा कुनै विकल्प नभएमा चुनावी प्रक्रियामा जानुको विकल्प छैन ।

यसैबीच आजै मकवानपुरको बाँकी गाउँपालिकामा पनि अध्यक्ष उपाध्यक्ष सहित सदस्यहरूको टुङ्गो लाग्ने पार्टी अध्यक्ष श्रेष्ठले बताए ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago