इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पारित भएसँगै प्रधानमन्त्री खान पदमुक्त

काठमाडौँ: पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पारित भएसँगै प्रधानमन्त्री खान पदमुक्त भएका छन् । आइतबार मध्यराति पाकिस्तानको संसद्‌ (राष्ट्रिय सभा)मा भएको मतदानमा कुल ३४२ मध्ये १७४ मत प्रधानमन्त्री खानविरुद्ध संसदमा पेस भएको अविश्वास प्रस्तावको पक्षमा खसेपछि अविश्वासको प्रस्ताव पारित भएको हो ।
अविश्वासको प्रस्ताव पारित भएसँगै पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । अविश्वास प्रस्ताव पारित भएसँगै पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएलएन)का अध्यक्ष शाहबाज सरिफले पाकिस्तानले पुनः संविधान र कानुनलाई स्थापित गर्न चाहेको बताएका छन् । त्यस्तै पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारीले १० अप्रिलको ऐतिहासिन महत्त्व भएको बताएका छन् ।
पाकिस्तानको इतिहासमै पहिलोपटक प्रधानमन्त्री खान अविश्वासको प्रस्ताव पारित भएर पदमुक्त भएका हुन् । यसअघि सन् २००६ मा सौकात अजिज र १९८९ मा बेनेजर भुट्टोले प्रस्तावको सामना गरेका थिए । उनीहरूविरुद्ध परेको अविश्वासको प्रस्तावको विपक्षमा बढी मत खसेपछि दुवैको पद बँचेको थियो ।

विपक्षी गठबन्धनले प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा कुल १७५ सांसद रहेको बताउँदै आएका थिए । निवर्तमान सभामुख असद काइसरले सभामुख पदबाट राजीनामा दिएपछि आइतबार पीएमएल-एन पार्टीका अयाज सदिकले सदन सञ्चालन गरेपछि उनले मतदान गर्न नपाएको पाकिस्तानी समाचार संस्था डनले उल्लेख गरेको छ ।

अविश्वासको प्रस्ताव पारित भएपछि सदनलाई सम्बोधन गर्दै सदिकले आइतबार दिउँसो २ बजे नयाँ प्रधानमन्त्रीको नाम पेश हुन सक्ने बताए । प्रधानमन्त्री खान पदमुक्त भएसँगै अबको पाकिस्तानी प्रधानमन्त्रीको रुपमा सेहबाज सरिफलाई अघि सारिने पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सन् २०१८ को अगस्टमा प्रधानमन्त्री बनेका खानलाई सत्तामा रहिरहन संसद्का ३४२ मध्ये १७२ सांसदको मत आवश्यक थियो । तर यसअघि सरकारलाई साथ दिएको मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान (एमक्यूएम–पी) विपक्षी गठबन्धनमा आबद्ध भएपछि खान नेतृत्वको सरकारको पक्षमा १६४ सदस्य मात्र थिए ।

विपक्षीहरू दलहरूले आफूलाई सत्ताबाट हटाउने तयारी थालेपछि प्रधानमन्त्री खानले राष्ट्रपति खानले संसद विघटनका लागि राष्ट्रपति आरिफ अल्भीलाई सुझाव दिएका थिए । त्यसलाई सदर गर्दै राष्ट्रपतिको सचिवालयले ‘राष्ट्रिय सभा विघटन गर्ने पाकिस्तानी प्रधानमन्त्रीको सुझाव राष्ट्रपतिले संविधानअनुसार अनुमोदन गरेको,’ जनाएको थियो ।

संसद विघटनपछि पाकिस्तानी सर्वोच्च अदालतले अदालतले पाकिस्तानी संसद् (राष्ट्रिय सभा) पुन:स्थापना गर्दै बैठक बोलाउन सभामुखलाई आदेशसमेत दिएको थियो ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago