धनकुटा: नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य गोपाल गुरागाईंमाथि खुकुरी प्रहार भएको छ । ७६ वर्षीय गुरागाईंमाथि शनिबार अपराह्न धनकुटा नगरपालिका ६ स्थित आफ्नै निवासमा २३ वर्षीय दिनेश पोखरेलले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
गुरागाईंको दायाँ आँखाको माथिल्लो भागमा गहिरो चोट लागेको छ । परिवारका सदस्यसँग गफगाफ गरिरहेको अवस्थामा एक्कासी खुकुरी प्रहार गरिएको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।
गहिरो चोट लागेका कारण अत्यधिक रक्तश्राव भएको अस्पताल स्रोतले जनाएको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
कसैको उक्साहटमा गुरागाईंमाथि आक्रमण गरिएको हुन सक्ने आशंका रहेको छोरा राजु गुरागाईंले बताए । आक्रमण गर्ने पोखरेल धनकुटा-६ बस्ने गुरागाईंका छिमेकी हुन् । आक्रमण गरी फरार रहेका पोखरेललाई उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनले गुरागाईंलाई हत्या गर्ने मनसायले खुकुरी प्रहार गरेको साबिती बयान दिएको प्रहरीले दाबी गरेको छ । आक्रमण गर्नुको कारण भने अझै खुल्न सकेको छैन । पोखरेललाई तत्काल पक्राउ गरिएको र अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।
गुरागाईंका परिवारले घटनाबारे गहिरो अनुसन्धान गरिनु पर्ने माग गरेको छ । जिल्लाकै अग्रज वामपन्थी नेता गुरागाईं वि. सं. २०४८ सालको संसदीय निर्वाचनमा तत्कालीन सांसद बनेका थिए ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…