भक्तपुर: एक २८ वर्षीया युवतीको घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ।
गएको सोमबार भक्तपुर, चाँगुनारायण नगरपालिकामा वडा नं. ७ बागरे स्थित तरकारी खेती बारीमा रहेको टिनको कच्ची टहरा भित्र घाँटी रेटी हत्या भएको युवतीको शव फेला परेको थियो । प्रहरीकाअनुसार सो शव काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. ९ नवलडाँडा घर भइ हाल भक्तपुर नागपोखरी बस्दै आएकी बर्ष २८ की जेनिशा नगरकोटी रहेको पुष्टि गरेको थियो ।
घाँटी रेटी हत्या भएकाले अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न भएकाे आरोपमा दुई जना पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं डिएसपी राजु पाण्डेले जानकारी दिए।
काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिकाका रमेश भन्ने कुमार लामा र काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिकाका नवराज रिजाल रहेका छन्। घटनास्थलमा संलग्न भएको आरोपमा उनीहरुलाई दुई दिनपछि प्रहरीले पक्राउ गरेको हो
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…