काठमाडौँ: फ्रेन्च फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक प्रेरित रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३-१ अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति घरेलु मैदान सान्तियागो बार्नाबेउमा पुनरागमन जित सहित स्पेनिस लिग लिडर रियल समग्रमा ३-२ अन्तरले जित निकाल्न सफल भयो । रियलको जितमा कप्तान बेन्जेमाले दोस्रो हाफमा १७ मिनेटको अन्तरालमा ह्याट्रिक पूरा गरे ।

खेलको ३९ औं मिनेटमा किलीयन एमबाप्पेले गोल गर्दै पाहुना टोली पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो लेगमा १-० को अग्रता लिएको पीएसजी यस गोलसंगै सहज जित तर्फ अग्रसर भएको थियो ।

तर ६१ औं मिनेटमा बेन्जेमाले पीएसजीका गोलरक्षक जियानलुइजी डोनारुम्माले गरेको गम्भीर गल्तिको फाइदा उठाउँदै बराबर गोल गरे । उनले भिनिसियस जुनियरको पास सदुपयोग गरे ।

७६ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे । जहाँ पीएसजीका कप्तान मार्किन्होस गल्ती गर्न पुगेका थिए । गोलको सेलेब्रेसन पूरा नहुदै अर्को मिनेटमै पुनः बेन्जेमाले ह्याट्रिक पूरा गरे ।

रियलको जितसँगै ट्रान्सफर मार्केटमा च्याम्पियन्स लिग जित्न ठूलो लगानी गरेको पीएसजी प्रतियोगिताको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ । उसले यस सिजन मात्रै टोलीमा लियोनल मेस्सी, सर्जियो रामोस लगायत खेलाडी भित्राएको थियो ।

आज नै भएको अर्को खेलमा म्यानचेस्टर सिटी र स्पोर्टिङ लिस्बनको खेल गोलरहित बराबरीमा सकिएपनी पहिलो लेगमा निकालेको ५-० अन्तरको जितका साथ सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago