काठमाडौँ: फ्रेन्च फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक प्रेरित रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३-१ अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति घरेलु मैदान सान्तियागो बार्नाबेउमा पुनरागमन जित सहित स्पेनिस लिग लिडर रियल समग्रमा ३-२ अन्तरले जित निकाल्न सफल भयो । रियलको जितमा कप्तान बेन्जेमाले दोस्रो हाफमा १७ मिनेटको अन्तरालमा ह्याट्रिक पूरा गरे ।

खेलको ३९ औं मिनेटमा किलीयन एमबाप्पेले गोल गर्दै पाहुना टोली पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो लेगमा १-० को अग्रता लिएको पीएसजी यस गोलसंगै सहज जित तर्फ अग्रसर भएको थियो ।

तर ६१ औं मिनेटमा बेन्जेमाले पीएसजीका गोलरक्षक जियानलुइजी डोनारुम्माले गरेको गम्भीर गल्तिको फाइदा उठाउँदै बराबर गोल गरे । उनले भिनिसियस जुनियरको पास सदुपयोग गरे ।

७६ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे । जहाँ पीएसजीका कप्तान मार्किन्होस गल्ती गर्न पुगेका थिए । गोलको सेलेब्रेसन पूरा नहुदै अर्को मिनेटमै पुनः बेन्जेमाले ह्याट्रिक पूरा गरे ।

रियलको जितसँगै ट्रान्सफर मार्केटमा च्याम्पियन्स लिग जित्न ठूलो लगानी गरेको पीएसजी प्रतियोगिताको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ । उसले यस सिजन मात्रै टोलीमा लियोनल मेस्सी, सर्जियो रामोस लगायत खेलाडी भित्राएको थियो ।

आज नै भएको अर्को खेलमा म्यानचेस्टर सिटी र स्पोर्टिङ लिस्बनको खेल गोलरहित बराबरीमा सकिएपनी पहिलो लेगमा निकालेको ५-० अन्तरको जितका साथ सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago