सिमकार्ड कसको नाममा छ भन्‍ने जानकारी लिने तरिका

काठमाडौँ: मोबाइलमा प्रयोग हुने सिमकार्ड तपाईंको नाममा छ ? छैन् भने टेलिकमको कार्यालयमा गएर सिमलाई आफ्नो नाममा ल्याउनुहोस् । सरकारले ल्याएको नागरिक एप चलाउन होस् वा हराउँदा सहजै सोही नम्बर निकाल्नका लागि पनि सिमकार्ड तपाईंको नाममा हुन निकै जरूरी हुन्छ । यदि तपाईंले अन्य कुनै व्यक्तिको नाममा भएको सिम प्रयोग गरिरहँदा समस्यामा पर्न सक्नु हुन्छ ।

कतिपयलाई आफूले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा छ भन्‍ने पनि जानकारी नहुन सक्छ । यसका लागि मोबाइल सेवा प्रदायकले सजिलै यस्ता नम्बर कसको नाममा रजिष्टर छ भन्‍ने जानकारीका लागि युएसएसडीमार्फत हेर्न सकिने बनाएको छ ।

तपाईंलाई पनि कसको नाममा सिमकार्ड छ भनेर जानकारी छैन् भने यहाँ यसको बारेमा केही जानकारी दिइएको छ जसबाट तपाईंलाई आफूले प्रयोग गर्ने सिमकार्ड कसको नाममा रहेको छ भन्‍नेबारेमा जानकारी दिइन्छ ।

नेपाल टेलिकम
नेपाल टेलिकमको सिम कार्ड प्रयोग गर्नुहुन्छ भने सिम कसको नाममा छ भनेर थाहा पाउनको लागि *९२२# डायल गर्नुहोस । यसबाट आफुले प्रयोग गर्ने नेपाल टेलिकमको सिम कसको नाममा दर्ता भएको छ भनेर जानकारी पाउन सकिने छ ।

एनसेल
एनसेलको सिमकार्ड प्रयोग गर्नुहुन्छ भने सो सिम कसको नाममा छ भनेर थाहा पाउनको लागि *९९६६# डायल गर्नुहोस । त्यसपछि आफुले प्रयोग गर्ने सिम कसको नाममा दर्ता भएको छ भनेर जानकारी पाउन सकिने छ ।

यसरी सिमकार्ड कसको नाममा रहेको जानकारी लिन सकिन्छ । तपाईंले प्रयोग गर्ने सिमकार्ड अन्य व्यक्तिको नाममा रहेको छ भने नजिककै टेलिकमको कार्यालयमा गएर सिमकार्ड आफ्नो नाममा ल्याउन सक्नुहुनेछ । जसको लागि तपाईंको फोटो र नागरिकता आवश्यक हुन्छ र प्रयोगकर्ता आफैं टेलिकम कार्यालय जानुपर्ने हुन्छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago