काठमाडौँ: मोबाइलमा प्रयोग हुने सिमकार्ड तपाईंको नाममा छ ? छैन् भने टेलिकमको कार्यालयमा गएर सिमलाई आफ्नो नाममा ल्याउनुहोस् । सरकारले ल्याएको नागरिक एप चलाउन होस् वा हराउँदा सहजै सोही नम्बर निकाल्नका लागि पनि सिमकार्ड तपाईंको नाममा हुन निकै जरूरी हुन्छ । यदि तपाईंले अन्य कुनै व्यक्तिको नाममा भएको सिम प्रयोग गरिरहँदा समस्यामा पर्न सक्नु हुन्छ ।
कतिपयलाई आफूले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा छ भन्ने पनि जानकारी नहुन सक्छ । यसका लागि मोबाइल सेवा प्रदायकले सजिलै यस्ता नम्बर कसको नाममा रजिष्टर छ भन्ने जानकारीका लागि युएसएसडीमार्फत हेर्न सकिने बनाएको छ ।
तपाईंलाई पनि कसको नाममा सिमकार्ड छ भनेर जानकारी छैन् भने यहाँ यसको बारेमा केही जानकारी दिइएको छ जसबाट तपाईंलाई आफूले प्रयोग गर्ने सिमकार्ड कसको नाममा रहेको छ भन्नेबारेमा जानकारी दिइन्छ ।
नेपाल टेलिकम
नेपाल टेलिकमको सिम कार्ड प्रयोग गर्नुहुन्छ भने सिम कसको नाममा छ भनेर थाहा पाउनको लागि *९२२# डायल गर्नुहोस । यसबाट आफुले प्रयोग गर्ने नेपाल टेलिकमको सिम कसको नाममा दर्ता भएको छ भनेर जानकारी पाउन सकिने छ ।
एनसेल
एनसेलको सिमकार्ड प्रयोग गर्नुहुन्छ भने सो सिम कसको नाममा छ भनेर थाहा पाउनको लागि *९९६६# डायल गर्नुहोस । त्यसपछि आफुले प्रयोग गर्ने सिम कसको नाममा दर्ता भएको छ भनेर जानकारी पाउन सकिने छ ।
यसरी सिमकार्ड कसको नाममा रहेको जानकारी लिन सकिन्छ । तपाईंले प्रयोग गर्ने सिमकार्ड अन्य व्यक्तिको नाममा रहेको छ भने नजिककै टेलिकमको कार्यालयमा गएर सिमकार्ड आफ्नो नाममा ल्याउन सक्नुहुनेछ । जसको लागि तपाईंको फोटो र नागरिकता आवश्यक हुन्छ र प्रयोगकर्ता आफैं टेलिकम कार्यालय जानुपर्ने हुन्छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…