राप्रपाको पदाधिकारी बैठक सुरु, राणा र लोहनी पनि सहभागी

२०७८, २७ माघ बिहीबार १३:४०

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक सुरु भएको छ। पार्टी कार्यालय धुम्बाराहीमा बहिबार मध्याह्नपछि बैठक सुरु भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

फाइल फोटो
बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी पनि सहभागी भएका छन्।
प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा पार्टीका पदाधिकारीहरु र प्रदेश समितिका अध्यक्षको सहभागीता रहेको छ।
बैठक समसामयिक राजनीतिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी लगायतका विषयमा केन्द्रीत हुने जनाइएको छ।  राप्रपामा अध्यक्षसहित निर्वाचित ७ तथा मनोनित २४ गरी ३१ पदाधिकारी छन्। निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि राप्रपा पदाधिकारी बैठक बसेको हो।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु