घुस लिँदा लिँदै प क्राउ, हाकिम भन्छिन् ‘मन्दिरमा चढाएको प्रसाद सम्झेर लिएका हौं’

काठमाडौ । घुस लिने र दिने दुवै अपराधी हुन् । तर घुस लिन र दिनका लागि मानिसहरु नयाँ शैली अपनाइरहेका छन् ।भारत, राजस्थानमा घुसखोरीको एउटा ठूलो घटना सार्वजनिक भएको छ, जहाँ पूरै कार्यालय घुस लिँदै गर्दा पक्राउ परेको हो ।
यति मात्रै होइन, रं गेहात समातिएपछि प्रदेश प्रशासनिक सेवाका अधिकारीले कोही मन्दिरमा प्रसाद चढाउन आए कसरी नाँई भन्न सकिन्छ भन्ने तर्क पनि गरको छन् ।प्राप्त जानकारी अनुसार जयपुर सहरको विकासको जिम्मा लिने जयपुर विकास प्राधिक रणका उपायुक्तसहित सम्पूर्ण कार्यालय घु सखोरीमा संलग्न रहेको थियो ।
घु स लिँदालिँदै प क्राउ परेपछि प्रदेश प्रशासन सेवा अधिकृत ममता यादव अख्ति यार दु रुपयोग अनुसन्धान ब्यूरोका अधिकारीसामु हाँसेकी थिइन् । उनले भनिन्, ‘जब कोही मन्दिरमा प्रसाद चढाउन आउँछन्, तब कसरी अस्वीकार गर्ने रु’ जवाहर सर्कलको सिद्धार्थनगरमा एक व्यक्तिले आफ्नो पुर्खाको जग्गा भाडामा लिन चाहेका थिँए ।

तर उपायुक्त ममता यादवले ९ लाख ६० हजार रुपैयाँ र जुनियर इन्जिनियर श्यामले झण्डै ५ लाख घु स मागेका थिए । उ जुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले तत्कालीन आरएएस अधिकृत ममता यादव, जयन्त श्याम, नक्सा पास गर्ने कर्मचारी विजय मीना, लेखापाल राम तुफान मन्डोटिया र कम्प्युटर अपरेटर अखिलेश मौर्यलाई घुस लिँदालिँदै रंगेहात प क्राउ गरेको हो ।

पूरै जोनका पदाधिकारी घु स लिँदालिँदै प क्राउ परेको यो पहिलो पटक हो । जयपुरको जोन ४ का अधिकारीहरू रकम बाँडफाँडको काममा लागेका थिए ।अख्तियार दु रुपयोग अनुसन्धान ब्यूरोले जेडीएको पार्किङ क्षेत्रबाट घु ससहित प क्राउ गरेको हो । निकै गोप्य ढंगले काम सकियो र अन्ततः अख्तियार अधिकारीहरु उपायुक्तको कार्यालय पुगेका हुन् ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago