आर्थिक सकारात्मक सुचकांकका १६ विषयमा बैंकर ज्ञवालीको विचार

बैंकर मनाेज ज्ञवालीले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको आर्थिक सुचकांकहरुकाे विषयमा बाेल्दै सामाजिक सञ्जाल फेसबूकमा एक पाेष्ट गरेका छन् । उक्त पाेष्टमा उनले ६ महिनाको आर्थिक सुचकांकमा सकारात्मक र चिन्ता गर्नुपर्ने विषयमा आफ्नाे विचार उल्लेख गरेका छन् ।

सकारात्मक विषयहरू :

१. निर्यात ९५.५% ले बढेको छ।

२. वैदेशिक रोजगारमा जानेको संख्या एक लाख ६३ हजार ५ सय १७ जनाले वृद्धि भएको छ । यसले रेमिट्यान्स बढाउन र बेरोजगारीबाट हुने समस्या हल गर्न सहयोग गर्नेछ ।

३. सरकारले बजेटमा अनुमान गरे अनुरूप कर, राजश्व र आय संकलन गरेको छ । ६ महिनामा कुल ५४२ अर्ब संकलन भैसकेको छ।

४. मर्जर तथा एक्वीजीसनले बैंक तथा वित्तीय संस्थाहरुको संख्या घट्दै १२९ पुगेको छ भने शाखा सञ्जाल बढेर ११ हजार २ सय १५ पुगेको छ। ७५३ स्थानीय निकायहरू मध्य ७५० वटा स्थानीय निकायमा बैंकहरुकै शाखाहरू पुगीसकेका छन् ।

५. कुल ग्राहस्थ उत्पादन (GDP) गत वर्ष २.१% ऋणात्मक रहेको मा यस वर्ष ४% सकारात्मक वृद्धि छ।

६. सरकारी आयको वृद्धिदर गत वर्ष ०.२ प्रतिशत रहेकोमा यस वर्ष १६.३% पुगेको छ।

चिन्ता गर्नुपर्ने विषयहरू :

१. विदेशी विनिमय सञ्चिति बढ्दै २०७७ सालमा लगभग अमेरिकी डलर १४ अर्ब पुगीसकेको थियो र हाल घट्दै जम्मा ९.८९ अर्ब अमेरिकी डलर बराबर पुगेको छ। यो रकम ६.६ महिनाको वस्तु तथा सेवा आयातको पर्याप्त हुन्छ।

२. शोधनान्तर स्थिती २४१.२३ अर्बले घाटामा छ।

३. कर्जा १२% ले बढ्दा निक्षेप रकम जम्मा ३.८% ले मात्र बढेको छ।

४. नेपाल राष्ट्र बैंकको विभिन्न बस्तुहरु आयातमा कडाईका बाबजुद आयात ५१.१% ले बढेको छ ।

५. तरलता अभाव र घट्दो वैदेशीक विनिमय सञ्चितिका बाबजुद भ्रमण व्यय मै लगभग शत प्रतिशत वृद्धि भई २९.७२ अर्ब पुगेको छ।

६. गत वर्ष ११.१% ले बढेको रेमिटेन्स वैदेशीक रोजगारमा जाने नेपाली नागरिकको बढ्दो संख्याका बाबजुद यो वर्ष ५.५% ले घटेर ४६८.४५ अर्ब मात्र पुगेको छ।

७. सरकारले पुँजीगत खर्च परिचालन गर्न सकेको छैन । जम्मा ५०.८ अर्ब खर्च भएको छ। १६% बजेट नी खर्च हुन सकेको छैन।

८. लघु, घरेलु तथा साना उधमलाई दिइने पुनरकर्जा ३५.३८ अर्बबाट घटेर ८.१ अर्ब मात्र रहेको छ। ग्राहक संख्या पनि ३५ हजार ५ सय ५४ बाट घटेर ९ हजार ४ सय ८६ मात्र कायम रहेका छन।

९. बैंकहरुमा तरलताको असहज स्थीती कायमै छ। कर्जा निक्षेप अनुपात ९०% माथी नै रहेको अवस्था छ।

१०. बैंकहरुको आधार दर बढेसंगै कर्जाको ब्याजदर बढेको छ। ग्राहकहरुले नयां कर्जा लिंदा वा कर्जा नविकरण गर्दा व्याजदर ११% माथि तिर्नुपर्ने अवस्था छ।

समग्रमा हेर्नुपर्दा अर्थतन्त्र को अवस्था चिन्ताजनक त होइन तर सम्हालिएर अघी बढ्न जनाउ गरेको अवस्था रहेकाे उनले बताएका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago