आर्थिक सकारात्मक सुचकांकका १६ विषयमा बैंकर ज्ञवालीको विचार

२०७८, २७ माघ बिहीबार ०९:३५

बैंकर मनाेज ज्ञवालीले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको आर्थिक सुचकांकहरुकाे विषयमा बाेल्दै सामाजिक सञ्जाल फेसबूकमा एक पाेष्ट गरेका छन् । उक्त पाेष्टमा उनले ६ महिनाको आर्थिक सुचकांकमा सकारात्मक र चिन्ता गर्नुपर्ने विषयमा आफ्नाे विचार उल्लेख गरेका छन् ।

सकारात्मक विषयहरू :

१. निर्यात ९५.५% ले बढेको छ।

२. वैदेशिक रोजगारमा जानेको संख्या एक लाख ६३ हजार ५ सय १७ जनाले वृद्धि भएको छ । यसले रेमिट्यान्स बढाउन र बेरोजगारीबाट हुने समस्या हल गर्न सहयोग गर्नेछ ।

३. सरकारले बजेटमा अनुमान गरे अनुरूप कर, राजश्व र आय संकलन गरेको छ । ६ महिनामा कुल ५४२ अर्ब संकलन भैसकेको छ।

४. मर्जर तथा एक्वीजीसनले बैंक तथा वित्तीय संस्थाहरुको संख्या घट्दै १२९ पुगेको छ भने शाखा सञ्जाल बढेर ११ हजार २ सय १५ पुगेको छ। ७५३ स्थानीय निकायहरू मध्य ७५० वटा स्थानीय निकायमा बैंकहरुकै शाखाहरू पुगीसकेका छन् ।

५. कुल ग्राहस्थ उत्पादन (GDP) गत वर्ष २.१% ऋणात्मक रहेको मा यस वर्ष ४% सकारात्मक वृद्धि छ।

६. सरकारी आयको वृद्धिदर गत वर्ष ०.२ प्रतिशत रहेकोमा यस वर्ष १६.३% पुगेको छ।

चिन्ता गर्नुपर्ने विषयहरू :

१. विदेशी विनिमय सञ्चिति बढ्दै २०७७ सालमा लगभग अमेरिकी डलर १४ अर्ब पुगीसकेको थियो र हाल घट्दै जम्मा ९.८९ अर्ब अमेरिकी डलर बराबर पुगेको छ। यो रकम ६.६ महिनाको वस्तु तथा सेवा आयातको पर्याप्त हुन्छ।

२. शोधनान्तर स्थिती २४१.२३ अर्बले घाटामा छ।

३. कर्जा १२% ले बढ्दा निक्षेप रकम जम्मा ३.८% ले मात्र बढेको छ।

४. नेपाल राष्ट्र बैंकको विभिन्न बस्तुहरु आयातमा कडाईका बाबजुद आयात ५१.१% ले बढेको छ ।

५. तरलता अभाव र घट्दो वैदेशीक विनिमय सञ्चितिका बाबजुद भ्रमण व्यय मै लगभग शत प्रतिशत वृद्धि भई २९.७२ अर्ब पुगेको छ।

६. गत वर्ष ११.१% ले बढेको रेमिटेन्स वैदेशीक रोजगारमा जाने नेपाली नागरिकको बढ्दो संख्याका बाबजुद यो वर्ष ५.५% ले घटेर ४६८.४५ अर्ब मात्र पुगेको छ।

७. सरकारले पुँजीगत खर्च परिचालन गर्न सकेको छैन । जम्मा ५०.८ अर्ब खर्च भएको छ। १६% बजेट नी खर्च हुन सकेको छैन।

८. लघु, घरेलु तथा साना उधमलाई दिइने पुनरकर्जा ३५.३८ अर्बबाट घटेर ८.१ अर्ब मात्र रहेको छ। ग्राहक संख्या पनि ३५ हजार ५ सय ५४ बाट घटेर ९ हजार ४ सय ८६ मात्र कायम रहेका छन।

९. बैंकहरुमा तरलताको असहज स्थीती कायमै छ। कर्जा निक्षेप अनुपात ९०% माथी नै रहेको अवस्था छ।

१०. बैंकहरुको आधार दर बढेसंगै कर्जाको ब्याजदर बढेको छ। ग्राहकहरुले नयां कर्जा लिंदा वा कर्जा नविकरण गर्दा व्याजदर ११% माथि तिर्नुपर्ने अवस्था छ।

समग्रमा हेर्नुपर्दा अर्थतन्त्र को अवस्था चिन्ताजनक त होइन तर सम्हालिएर अघी बढ्न जनाउ गरेको अवस्था रहेकाे उनले बताएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु