अधिकृतलाई मोसो दल्ने विप्लवका कार्यकर्ता पक्राउ

धनगढी: कैलालीको पचमुडिया सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितमाथि मोसो दल्ने विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् ।

सहायक वन अधिकृतमाथि मोसो दल्ने भजनी नगरपालिका-९ बस्ने ३९ वर्षीय पहल पुनमगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पुनमगरलाई बुुधबार पक्राउ गरेर अभद्र व्यवहार शीर्षकमा मुुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

गत माघ १७ गते वन अधिकृत पण्डितमाथि विप्लवका कार्यकर्ताको समूहले कार्यालयमै मोसो दलेको थियो । उनीहरुले चन्दा आतंकको विरोध गरेको आरोपमा मोसो दलेका थिए ।

पण्डितले आफूमाथि अभद्र व्यवहार गर्ने विप्लवका कार्यकर्तालाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । उनले मोसो दलिएको आफ्नो फोटो फेसबुकमा सार्वजनिक गर्दै समाज रुपान्तरणको खुला बहसमा आउन चुनौतीसमेत दिएका थिए ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago