बलेफी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आज माघ २७ गते

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आज माघ २७ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकका तोकिएका गाउँपालिकाका स्थानीयबासीहरुको लागि १८ लाख २७ हजार ९७० कित्ता शेयर बिक्री गर्ने भएको हो ।

यदि प्रभावित क्षेत्रका लागि छुट्टाइएको शेयर बिक्री नभएमा कम्पनीले सर्वसाधारण तथा सामुहिक लगानीकोषलाई बिक्री गर्नेछ । कम्पनीले पहिलो चरणमा फागुन १२ गतेसम्म बिक्री खुला गर्नेछ । यदि यस अवधिमा माग गरिए बराबरको लागि आवेदन नपरेमा ढिलोमा फागुन २७ गतेसम्म बिक्री खुला गर्नेछ । यस पछि मात्रै कम्पनीले आम सर्वसाधारणका लागि बिक्री खुला गर्ने छ ।

प्रभावित वासिन्दाले न्युन्तम १० कित्तादेखि अधिकत एक लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । कम्पनीले सर्वसाधारणका लागि पनि १८ लाख २७ हजार ९७० कित्ता नै बिक्री गर्नेछ ।

प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको बलेफी खोलामा ३६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको प्रतिमेगावाट लागत २१ करोड २६ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ । कुल लागत भने ७ अर्ब ६५ करोड रुपैयाँ लाग्ने पुर्वानुमान छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago