काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आज माघ २७ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकका तोकिएका गाउँपालिकाका स्थानीयबासीहरुको लागि १८ लाख २७ हजार ९७० कित्ता शेयर बिक्री गर्ने भएको हो ।
यदि प्रभावित क्षेत्रका लागि छुट्टाइएको शेयर बिक्री नभएमा कम्पनीले सर्वसाधारण तथा सामुहिक लगानीकोषलाई बिक्री गर्नेछ । कम्पनीले पहिलो चरणमा फागुन १२ गतेसम्म बिक्री खुला गर्नेछ । यदि यस अवधिमा माग गरिए बराबरको लागि आवेदन नपरेमा ढिलोमा फागुन २७ गतेसम्म बिक्री खुला गर्नेछ । यस पछि मात्रै कम्पनीले आम सर्वसाधारणका लागि बिक्री खुला गर्ने छ ।
प्रभावित वासिन्दाले न्युन्तम १० कित्तादेखि अधिकत एक लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । कम्पनीले सर्वसाधारणका लागि पनि १८ लाख २७ हजार ९७० कित्ता नै बिक्री गर्नेछ ।
प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको बलेफी खोलामा ३६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको प्रतिमेगावाट लागत २१ करोड २६ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ । कुल लागत भने ७ अर्ब ६५ करोड रुपैयाँ लाग्ने पुर्वानुमान छ ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…
नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको छ । आज एक…