आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

२०७८, २७ माघ बिहीबार ०८:२३

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आज माघ २७ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्नेछन् ।

कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि अनुमति पाइसकेको छ । अब माघ २७ गतेसम्म शेयर खरिद गर्नले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।

माघ २७ गतेसम्म कायम शेयरधनीहरुले प्रति कित्ता १०० रुपैयाँको दरमा १० कित्ता बराबर ४ कित्ताको अनुपातमा शेयर खरिद गर्न पाउने छन् । कम्पनीले हकप्रद मार्फत ४६ करोड ३० लाख ३४ हजार रुपैयाँ उठाउने छ ।

हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६१ करोड रुपैयाँ पुग्नेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु