नेप्सेको चार्टमा बन्यो स्पिनिङ्ग टप, बजार कता जाने संकेत

आज सोमबार नेप्सेको चार्ट्मा  स्पिनिङ्ग टप क्यान्डल बन्यो।  यसले बजारमा खरिद चाप र बिक्रि चाप दुबै लगभग समान रुपमा रहेको संकेत गर्दछ। नेप्से १९.४३ अंकले बढ्दा ७ अर्ब १२ करोड भन्दा बढी रकमको कारोबार भएको छ ।  सुरुवाती चरणमा बढेर २८०६  भन्दा माथि गएको नेप्से दिनभरीमा उतार चढाव हुँदै घट्ने क्रममा २७५४ को बिन्दुसम्म आइपुगेको थियो ।

कारोबारको अन्तिम ३० मिनेटमा १ अर्ब २० करोड भन्दा बढीको रकमको कारोबार भएको छ भने २७५४ को बिन्दुमा आइपुगेको बजार बढेर २७८४ को बिन्दुमा पुग्दा अन्तिम समयमा नेप्सेमा  ३० अंकको ग्रोथ पनि भएको देखिन्छ।  यसरी कारोबारको अन्तिम घन्टामा ३० अंकको वृद्धि संगै १ अर्ब २० करोडको कारोबार हुनुलाई निकै सकारात्मक रुपमा लिइन्छ।  यसले बजारमा आज प्रोफिट बुक हुँदै गर्दा बजारमा डिमाण्ड पनि राम्रै छ है भन्ने संदेश दिएको छ।

सेयर बजार सधैँ घटेको घट्यै गर्दैन र बढेको बढ्यै हुने सम्भव पनि हुँदैन। बजार सधैँ आफ्नो बाटो र गतिमा चल्ने भएकोले घटबढ सामान्य नै हो।

यही सिलसिलामा आज हामीले बजारको समग्र अवस्था के होला भनेर साना तथा ठूला औजारमार्फत विश्लेषण गर्ने कोसिस गरेका छौँ।

प्राविधिक पक्ष

मैनबत्ती विश्लेषण 

स्पिनिङ्ग टप क्यान्डलको तल्लो बिन्दु (टेल) भन्दा तल बजार गएमा त्यसले बजार घटेर जाने संकेत गर्दछ भने नेप्से परिसूचक क्यान्डलको विक भन्दा माथि गएको अवस्थामा बजार अझै बढ्ने संकेत गर्दछ।  भोलिका दिनहरुमा बजार २७५४ भन्दा तल भोलुम सहित जान थालेको अवस्थामा बजार घटेर जान सक्ने सम्भावना रहन्छ भने २८०६ भन्दा माथि गएको अवस्थामा बजार अझै माथि जान सक्ने सम्भावना उच्च भएर जानेछ।

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभले लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। यो वेभमा ५ वेभ र ९ डिग्री  हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरी १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्।

इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सन हुन्छ। वेभ ५ को करेक्सन वेभ ‘ए’ हो। वेभ ‘ए’, ‘बी’ र ‘सी’ ले बजार तल जाने संकेत गर्छन्।

बजारको हालको २२६० विन्दुदेखि २७८५ विन्दुसम्मको  बजारले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा हाल माइनर डिग्रीको वेभ (v) चलेको देखिन्छ। यसपछि वेभ ए, बी र सी चल्ने भएकोले आगामी कारोबारमा अल्पकालका लागि बजार सामन्य करेक्सनको सम्भवना छ। दीर्घकालका लागि भने बजार प्रस्ट बुलिस  नै रहेकोले पहिलेको रेकर्ड ब्रेक हुन सक्ने सम्भावना पनि देखिन्छ। जसअन्तर्गत वेभ (i) मा लगभग २८०० विन्दुसम्म बजार जान सक्छ भने वेभ (ii) मा करेक्सन भएर २५८० को विन्दुसम्म पनि आउन पनि सक्छ। वेभ (iii) बढोत्तरीका साथ ३२८० को विन्दुसम्म र वेभ (iv) मा पुनः करेक्सनका साथ ३०३१ को विन्दुसम्म र वेभ (v) मा ३७०० को विन्दुसम्म बजार जान सक्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)

फिवोनासी सिद्धान्तका आधारमा

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपात पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्छन्। यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवा २६७६ को विन्दुसम्म, ०.३८ प्रतिशतको टेवा २६०० को विन्दुसम्म, ०.५ प्रतिशतको टेवा २५३२ को विन्दुसम्म र ०.६१ प्रतिशतको टेवा २४७१ को विन्दुसम्म  बजार आउन सक्नेछ।

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने गत डिसेम्बर २२ मा एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको र बुलिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् हरियो एरो)। जसले बुलिस सिग्नल बनेको छ र हालसम्म भ्यालिड नै रहेको देखिन्छ।  हिस्टोग्राम पोजेटिभ भएका छन् (हेर्नुहोस् कालो एरो)। यसले केही समय बजार अझै बढ्न सक्ने बुझिन्छ।

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त सन् १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन  हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत  बजारको मूल्य रेखाले माथिल्लो ब्यान्डलाई छोएको छ र माथि लामो हरियो क्यान्डल बनेको छ। अप्पर ब्यान्ड र लोअर ब्यान्डको दूरी बढेकोले उच्च भोलाटाइल भएको देखिन्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। बजारको हालको आरएसआई  ६७ को तहमा रहेको छ। अघिल्लोपटक यो न्यून विन्दु २० को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्चतम विन्दु  ७५ को तहमा पुगेपछि बजारले ओरालो यात्रा तय गरेको थियो। आरएसआईका आधारमा बजार ओभर बट जोनमा पुग्न खोजेको देखिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २७५२
  • प्रतिरोध २– २८१२
  • प्रतिरोध ३– २९२३

पिभट प्वइन्ट : २६४०

घटेमा सपोर्ट 

  • सपोर्ट १– २५८०
  • सपोर्ट २– २४६८
  • सपोर्ट ३– २४०९

निष्कर्ष

बजारको हालको अवस्थालाई विभिन्न औजारमार्फत हेर्दा इलिअट वेभअन्तर्गत माइनर डिग्रीको वेभ (v) चलेको देखिन्छ। यसअन्तर्गत बजारमा अब सामान्य करेक्सनको सम्भावना प्रबल देखिन्छ। अन्य औजारहरुले पनि बजारमा केही करेक्सन हुँदै माथि नै जाने देखिन्छ। अल्पकालमा बजार केही करेक्सन हुने भए पनि दीर्घकालमा बजार बढ्ने नै देखिन्छ।

नोट : प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचना स्वीकार गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र बजारको अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कारोबारका लागि सिफारिस भने होइन।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago