प्रेस चौतारी चितवनको सातौं अधिवेशन सम्पन्न

चितवन । प्रेस चौतारी नेपाल चितवन शाखाको सातौं अधिवेशन भरतपुरमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा सम्पन्न अधिवेशनको खुल्ला सत्रमा प्रमुख अतिथि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पत्रकारले भोग्नु परेको समस्या अनि समाधानको वारेमा चर्चा गरेका थिए। कार्यक्रमको सञ्चालन प्रेस चौतारी चितवनका सह – अध्यक्ष कृष्ण आचार्यले गरेका थिए । कार्यक्रममा स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कारबाट नारायण सापकोटा र डा.तिलचन्द्र-शारदा पत्रकारिता पुरस्कारबाट जनक अर्याललाई सम्मानित गरिएको थियो।


चौतारीको अधिवेशनले शाखाको अध्यक्षमा सुवास पण्डितलाई निर्विरोध निर्वाचित गरेको छ।उपाध्यक्षमा कृष्ण आचार्य, महिला उपाध्यक्षमा शान्ता अधिकारी, सचिवमा मुकुन्द भूषाल, सहसचिवमा धु्रबराज खनाल र रविना पौडेल, कोषाध्यक्षमा बद्री अर्याल चयन भएका छन् ।चौतारीको कार्य समितिको सदस्यहरुमा श्रमिका दवाडी, राजु अधिकारी, सविना लामिछाने, गीता दराई, रामेश्वर रिजाल र लक्ष्मी ढकाल (रेजिना) ,विनय आचार्य, सुनिल गौतम, मीरा रानाभाट, हिरालाल आचार्य र निरुता विक चयन भएका छन् ।


बन्द सत्रले सर्वसम्मतिबाट नेतृत्व चयनका लागि अध्यक्ष मण्डल बनाइएको थियो । प्रतिमा सिलवालको अध्यक्षतामा राधेश्याम खतिवडा, शिशिर शिंखडा, शालिग्राम नेपाल र हरि पोखरेल सम्मिलित अध्यक्ष मण्डलले केहि असन्तुष्टिका वावजुत नयाँ कार्य समिति घोषणा गरेका थिए।


प्रेस चौतारी नेपालको पोखरामा हुन लागेको केन्द्रिय अधिवेशनको पूर्व सन्ध्यामा देशै भरिका जिल्ला साखाहरुमा अधिवेशन गर्ने कार्यक्रम रहेको बताइएको छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago