प्रेस चौतारी चितवनको सातौं अधिवेशन सम्पन्न

चितवन । प्रेस चौतारी नेपाल चितवन शाखाको सातौं अधिवेशन भरतपुरमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा सम्पन्न अधिवेशनको खुल्ला सत्रमा प्रमुख अतिथि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पत्रकारले भोग्नु परेको समस्या अनि समाधानको वारेमा चर्चा गरेका थिए। कार्यक्रमको सञ्चालन प्रेस चौतारी चितवनका सह – अध्यक्ष कृष्ण आचार्यले गरेका थिए । कार्यक्रममा स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कारबाट नारायण सापकोटा र डा.तिलचन्द्र-शारदा पत्रकारिता पुरस्कारबाट जनक अर्याललाई सम्मानित गरिएको थियो।


चौतारीको अधिवेशनले शाखाको अध्यक्षमा सुवास पण्डितलाई निर्विरोध निर्वाचित गरेको छ।उपाध्यक्षमा कृष्ण आचार्य, महिला उपाध्यक्षमा शान्ता अधिकारी, सचिवमा मुकुन्द भूषाल, सहसचिवमा धु्रबराज खनाल र रविना पौडेल, कोषाध्यक्षमा बद्री अर्याल चयन भएका छन् ।चौतारीको कार्य समितिको सदस्यहरुमा श्रमिका दवाडी, राजु अधिकारी, सविना लामिछाने, गीता दराई, रामेश्वर रिजाल र लक्ष्मी ढकाल (रेजिना) ,विनय आचार्य, सुनिल गौतम, मीरा रानाभाट, हिरालाल आचार्य र निरुता विक चयन भएका छन् ।


बन्द सत्रले सर्वसम्मतिबाट नेतृत्व चयनका लागि अध्यक्ष मण्डल बनाइएको थियो । प्रतिमा सिलवालको अध्यक्षतामा राधेश्याम खतिवडा, शिशिर शिंखडा, शालिग्राम नेपाल र हरि पोखरेल सम्मिलित अध्यक्ष मण्डलले केहि असन्तुष्टिका वावजुत नयाँ कार्य समिति घोषणा गरेका थिए।


प्रेस चौतारी नेपालको पोखरामा हुन लागेको केन्द्रिय अधिवेशनको पूर्व सन्ध्यामा देशै भरिका जिल्ला साखाहरुमा अधिवेशन गर्ने कार्यक्रम रहेको बताइएको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago