बिर्तामोडमा नगरपालिकाले जग्गा वर्गीकरणको कामलाई तिव्रता

बिर्तामोड। बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरणको कामलाई तिव्रता दिएको छ ।

नगरपालिकामा बुधवार बसेको स्थानीय भू–उपयोग परिषदको बैठकले कहि दिनभित्रमा जग्गा वर्गीकरणको काम सक्ने गरिका विषयमा छलफल गरेको हो । बैठकले बिहीबारदेखि तालिका बनाएर प्राविधिक टोलीसहित नगरप्रमुख पवित्रा महतारा प्रसाई र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने सबै वडामा पुग्ने निर्णय गरेको छ । बिहीवार विहान वडा नम्बर २ देखि छलफल थालिने तथा बाँकी रहेका कामलाई अघि बढाउने नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाले सबै वडामा यसअघि देखि नै प्राविधिक टोली पठाएर जग्गा वर्गीकरणको काम गरिरहेको छ । नगरप्रमुख प्रसाईको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रशासकीय अधिकृत न्यौपाने, सबै वडाका वडाध्यक्ष,कार्यपालिका सदस्यलगायतको उपस्थिति रहेको थियो । नगरपालिकाले सबै वडामा स्थानीय भू–उपयोग परिषदको वडा समितिसमेत यसअघि नै गठन गरिसकेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–उपयोग नियमावली २०७९ जारी गरेसंगै जग्गा वर्गीकरणको काम अघि बढाउन देशभरका पालिकाहरुलाई निर्देशन दिएको थियो ।
नियमअनुसार अब नेपालका जग्गाहरू विभिन्न १० खाले समूहमा वर्गीकरण हुने छन्।

त्यसरी वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्र रहेका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago