बदर मतलाई शूून्यमा झार्छौं : सभापति श्रेष्ठ

पाल्पा । बाम–लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेसका सभापति हिमालदत्त श्रेष्ठले बदर मतलाई शुन्यमा झार्ने गरी आफुहरुले काम गरेको बताएका छन् ।  उनले मंगलबार पाल्पा क्षेत्र १ को (१) को रामपुरमा मतदाता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लाका १० वटै स्थानीय तहमा पुुगेर गठबन्धनले मतदाता शिक्षा प्रवाह गरिरहेकाले आगामी निर्वाचनमा बदर मत शून्यमा झर्ने दावी गरे । कार्यक्रममा नेपाली काँग्रेससका महाधिवेशन प्रतिनिधि यमलाल तिमिल्सिनाले गठबन्धन जनताका हक हित र अधिकारको सुनिश्चितताका लागि भएको बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार लेखनाथ पोखरेल,नेकपा माओवादी केन्द्रका नेत्र प्रसाद पाण्डेय,माओवादी केन्द्र रामपुर नगर इन्चार्ज कमल राज भट्टराई ,प्रतिनिधि सभा समानुपातिक उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार  जित बहादुर थापा ,प्रदेश १ का समानुपातिक उम्मेदवार गीता विक ,एकीकृत समाजवादीका जिल्ला सहसचिव कमल सेन लगायतले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने दिशामा लाग्न सकैलाई आग्रह गरे । कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य राम प्रसाद गैरेको धन्यवाद र कार्यक्रम प्रदेश १(१) का सचिव दानु हिस्कीको सञ्चालनमा  भएको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago