एमाले सरकारको पालामा पाल्पामा सबैभन्दा बढी विकासको काम भएको छ : आचार्य

केरावारी पाताल मराङकोट सडक स्तरउन्नती गर्ने, ठाडे र पातालमा सिंचाई योजना, जल्माघाटमा पक्कीपुल, खेलमैदान र मरामकोट, पातालमा पर्यटकीय पुर्वाधार निर्माणमा पहल गर्ने खानेपानी, विधुत, मोटरबाटो स्तरउन्नतीमा पहल गर्ने .
पाल्पा २२ कार्तिक
पाल्पा क्षेत्र नंं १ का प्रतिनिधिसभा सदस्य नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्य नेपालमा सबैभन्दा राम्रो काम केपी सरकारको पालामा भएकोले सम्पूर्ण जनता लाई सूर्य चिन्हमा मतदान गर्न अनुरोध गर्नुभएको छ ।  एमाले उम्मेदवार आचार्य निस्दीको वडा नंं २ सहलकोट, वडा नंं ३ झिरवास र तिनाउँ  गाउँपालिका वडा नंं ५ कोल्डाडा क्षेत्रमा  घरदैलो गर्दै केपी ओली सरकारको पालामा  पुल, सडक, विधालय भवन, सास्कृतिक डवली, गाउँ गाउँमा रोजगारीका अभियानहरु संचालन भएकोलेमा प्रचण्ड, माधव नेपालहरु आत्तिएर सरकार ढलाएकोले अव जनताले सूर्य मत हालि पुन एमाले सरकार बनाउनु पर्नेमा उम्मेदवार आचार्यले जोड दिनुभयो । पाल्पा क्षेत्र नंं १ २ का प्रदेश सभा सदस्य एमाले उम्मेदवार  खेम बहादुर सारुले  पुर्वखोला वडा नंं ६ हेक्लाङ र तिनाउँ ५ कोल्डाडाका जनता संग  घरदैलो कार्यक्रममा केरावारी पाताल मराङकोट सडक स्तरउन्नती गर्ने, ठाडे र पातालमा सिंचाई योजना, जल्माघाटमा पक्कीपुल, खेलमैदान र मरामकोट, पातालमा पर्यटकीय पुर्वाधार निर्माणमा पहल गर्ने बताउनु भयो । क्षेत्र नंं १ १ का प्रदेश सभा सदस्य एमाले उम्मेदवार राजु प्रसाद श्रेष्ठले निस्दीको वडा नंं २ सहलकोट र वडा नंं ३ झिरवासमा घरदैलो गर्दै एमाले सरकारले ल्याएको c बताउनु भएको छ ।

पाल्पा क्षेत्र नंं २ का प्रतिनिधिसभा सदस्य एमाले उम्मेदवार ठाकुर प्रसाद गैरे र प्रदेश सभा सदस्य ओम बहादुर घर्तीमगर तिनाउँ गाउँपालिका वडा नंं १ झिंगामारा, ठुली उदान, कचल र ओखलढुङ्गा क्षेत्रमा घरदैलो गरी त्यस क्षेत्रका समस्याहरु समाधानमा पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ । झिंगामारा, रानीबगीया, ठुलिउदान, हुदै जुठापौवा चहला जोड्ने सडकको स्तरउन्नती, मिmंगामारा, कचलबुढीकोट, ओखलढुङ्गा मोटरबाटो र दोभान कचल बल्ढेङ्गढी सडक, छहरा, फेक, बुढीकोट, कचल, झिंगामारा रानीबगीया सडक स्तरउन्नतीको केन्द्रिय स्तरबाटै पहल गर्ने एमाले उम्मेदवार गैरेले बताए । कचल क्षेत्रको समग्रखानेपानी, विधुत, मोटरबाटो स्तरउन्नतीमा पहल गर्ने  क्षेत्र नंं २ २ का प्रदेश सभा सदस्य ओम बहादुर घर्तीमगरले बताउनु भयो ।

पाल्पा क्षेत्र नंं २ १ का उम्मेदवार पर्सुराम भट्टराईले बगनासकाली गाउँपालिकाको वडा नं ६ को यम्घाको मन्द्रान, लाम्दी, शिखरडाडा क्षेत्रमा घरदैलो गर्नुभएको छ । मद्रान क्षेत्रका जनताले सिंचाई तथा दिर्घकालीन रुपमा खानेपानीको  समस्या समाधान गर्नुपर्ने, मोटरबाटो स्तरउन्नती गर्नुपर्ने र कालीगण्डकी करिडोर चाडो पिचको काम गर्नुपर्ने माग राखेकोमा एमाले उम्मेदवार भट्टराईले आफु प्रदेशसभा निर्वाीचत भएपछी पहल गर्ने बताउनु भयो ।

bhabindra gautam

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago