एमाले सरकारको पालामा पाल्पामा सबैभन्दा बढी विकासको काम भएको छ : आचार्य

केरावारी पाताल मराङकोट सडक स्तरउन्नती गर्ने, ठाडे र पातालमा सिंचाई योजना, जल्माघाटमा पक्कीपुल, खेलमैदान र मरामकोट, पातालमा पर्यटकीय पुर्वाधार निर्माणमा पहल गर्ने खानेपानी, विधुत, मोटरबाटो स्तरउन्नतीमा पहल गर्ने .
पाल्पा २२ कार्तिक
पाल्पा क्षेत्र नंं १ का प्रतिनिधिसभा सदस्य नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्य नेपालमा सबैभन्दा राम्रो काम केपी सरकारको पालामा भएकोले सम्पूर्ण जनता लाई सूर्य चिन्हमा मतदान गर्न अनुरोध गर्नुभएको छ ।  एमाले उम्मेदवार आचार्य निस्दीको वडा नंं २ सहलकोट, वडा नंं ३ झिरवास र तिनाउँ  गाउँपालिका वडा नंं ५ कोल्डाडा क्षेत्रमा  घरदैलो गर्दै केपी ओली सरकारको पालामा  पुल, सडक, विधालय भवन, सास्कृतिक डवली, गाउँ गाउँमा रोजगारीका अभियानहरु संचालन भएकोलेमा प्रचण्ड, माधव नेपालहरु आत्तिएर सरकार ढलाएकोले अव जनताले सूर्य मत हालि पुन एमाले सरकार बनाउनु पर्नेमा उम्मेदवार आचार्यले जोड दिनुभयो । पाल्पा क्षेत्र नंं १ २ का प्रदेश सभा सदस्य एमाले उम्मेदवार  खेम बहादुर सारुले  पुर्वखोला वडा नंं ६ हेक्लाङ र तिनाउँ ५ कोल्डाडाका जनता संग  घरदैलो कार्यक्रममा केरावारी पाताल मराङकोट सडक स्तरउन्नती गर्ने, ठाडे र पातालमा सिंचाई योजना, जल्माघाटमा पक्कीपुल, खेलमैदान र मरामकोट, पातालमा पर्यटकीय पुर्वाधार निर्माणमा पहल गर्ने बताउनु भयो । क्षेत्र नंं १ १ का प्रदेश सभा सदस्य एमाले उम्मेदवार राजु प्रसाद श्रेष्ठले निस्दीको वडा नंं २ सहलकोट र वडा नंं ३ झिरवासमा घरदैलो गर्दै एमाले सरकारले ल्याएको c बताउनु भएको छ ।

पाल्पा क्षेत्र नंं २ का प्रतिनिधिसभा सदस्य एमाले उम्मेदवार ठाकुर प्रसाद गैरे र प्रदेश सभा सदस्य ओम बहादुर घर्तीमगर तिनाउँ गाउँपालिका वडा नंं १ झिंगामारा, ठुली उदान, कचल र ओखलढुङ्गा क्षेत्रमा घरदैलो गरी त्यस क्षेत्रका समस्याहरु समाधानमा पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ । झिंगामारा, रानीबगीया, ठुलिउदान, हुदै जुठापौवा चहला जोड्ने सडकको स्तरउन्नती, मिmंगामारा, कचलबुढीकोट, ओखलढुङ्गा मोटरबाटो र दोभान कचल बल्ढेङ्गढी सडक, छहरा, फेक, बुढीकोट, कचल, झिंगामारा रानीबगीया सडक स्तरउन्नतीको केन्द्रिय स्तरबाटै पहल गर्ने एमाले उम्मेदवार गैरेले बताए । कचल क्षेत्रको समग्रखानेपानी, विधुत, मोटरबाटो स्तरउन्नतीमा पहल गर्ने  क्षेत्र नंं २ २ का प्रदेश सभा सदस्य ओम बहादुर घर्तीमगरले बताउनु भयो ।

पाल्पा क्षेत्र नंं २ १ का उम्मेदवार पर्सुराम भट्टराईले बगनासकाली गाउँपालिकाको वडा नं ६ को यम्घाको मन्द्रान, लाम्दी, शिखरडाडा क्षेत्रमा घरदैलो गर्नुभएको छ । मद्रान क्षेत्रका जनताले सिंचाई तथा दिर्घकालीन रुपमा खानेपानीको  समस्या समाधान गर्नुपर्ने, मोटरबाटो स्तरउन्नती गर्नुपर्ने र कालीगण्डकी करिडोर चाडो पिचको काम गर्नुपर्ने माग राखेकोमा एमाले उम्मेदवार भट्टराईले आफु प्रदेशसभा निर्वाीचत भएपछी पहल गर्ने बताउनु भयो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago