भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रकाे बार्षिक कार्यक्रम सार्वजनिक

पाल्पा, २४ भदौ ।
भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले चालु आर्थिक बर्षकाे बार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । पुजिँगत तर्फ ३० लाख ५० हजार र चालू तर्फ ६ करोड ७६ लाख ३ हजार गरि जम्मा ७ करोड ६ लाख ५३ हजारको कुल बजेट कार्यालयले सार्वजनिक गरेको हाे ।

स्मार्ट कृषि गाउँ कार्यक्रम, गाई भैंसी बाख्रा माछा बङ्गुर कुखुरा पालन कार्यक्रम, तानसेन ७ मा गौशाला निर्माण, बगनासकाली ८ मा गाई भैंसी प्रबर्द्धन कार्यक्रम मस्यपोखरी निर्माण, डोर टु डोर पशु बाझोपन सेवा, दूध फुल माछा मासु खाऔं स्वस्थ रहौं जस्ता कार्यक्रम गर्ने केन्द्रका वरिष्ठ पशु बिकास अधिकृत चन्द्र बहादुर रानाले जानकारी दिनुभयाे ।

कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख टंकनाथ खनालले कार्यालयले किसानको आवश्यकता र मागको आधारमा बजेट ल्याउनु पर्ने सुझाव दिनुभयो ।
शुक्रवार एक कार्यक्रमका बीच तानसेनमा केन्द्रले आफ्नो आगामी एक बर्षको लागि बजेट तथा कार्यक्रम सार्बजनिक गरेको हो ।  आर्थिक बर्ष ०७९÷०८० का लागि  प्रस्तुत गर्नुभयो । जनप्रतिनिधि तथा पत्रकारहरुले जिल्लामा संचालित मासु तथा डेरि पसलहरु नियम अनुगमन हुनुपर्ने र कार्यालयबाट दिइने अनुदान सहि रुपमा प्रयोग हुन नसकेको बताएका थिए ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago