पाल्पा, २४ भदौ ।
भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले चालु आर्थिक बर्षकाे बार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । पुजिँगत तर्फ ३० लाख ५० हजार र चालू तर्फ ६ करोड ७६ लाख ३ हजार गरि जम्मा ७ करोड ६ लाख ५३ हजारको कुल बजेट कार्यालयले सार्वजनिक गरेको हाे ।
स्मार्ट कृषि गाउँ कार्यक्रम, गाई भैंसी बाख्रा माछा बङ्गुर कुखुरा पालन कार्यक्रम, तानसेन ७ मा गौशाला निर्माण, बगनासकाली ८ मा गाई भैंसी प्रबर्द्धन कार्यक्रम मस्यपोखरी निर्माण, डोर टु डोर पशु बाझोपन सेवा, दूध फुल माछा मासु खाऔं स्वस्थ रहौं जस्ता कार्यक्रम गर्ने केन्द्रका वरिष्ठ पशु बिकास अधिकृत चन्द्र बहादुर रानाले जानकारी दिनुभयाे ।
कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख टंकनाथ खनालले कार्यालयले किसानको आवश्यकता र मागको आधारमा बजेट ल्याउनु पर्ने सुझाव दिनुभयो ।
शुक्रवार एक कार्यक्रमका बीच तानसेनमा केन्द्रले आफ्नो आगामी एक बर्षको लागि बजेट तथा कार्यक्रम सार्बजनिक गरेको हो । आर्थिक बर्ष ०७९÷०८० का लागि प्रस्तुत गर्नुभयो । जनप्रतिनिधि तथा पत्रकारहरुले जिल्लामा संचालित मासु तथा डेरि पसलहरु नियम अनुगमन हुनुपर्ने र कार्यालयबाट दिइने अनुदान सहि रुपमा प्रयोग हुन नसकेको बताएका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…