टोकियोमा प्रत्येक घरमा सौर्य ऊर्जा अनिवार्य गराइने

टोकियो – जापानको राजधानी टोकियोमा हरेक घरमा सौर्य ऊर्जा उत्पादन गर्ने उपकरणहरुको जडान अनिवार्य गराइने भएको छ । सन् २०२५ बाट यो नयाँ नियम लागू गर्नेबारे टोकियो महानगर सरकारले विचार गरिरहेको छ ।

घरपरिवारबाट हुने हरित गृह ग्यास उत्सर्जन कटौती गर्न महानगर सरकारले नयाँ बन्ने घरहरुमा फोटोभोल्टिक ऊर्जा उत्पादनका उपकरणहरु जडान गर्न आवश्यक पर्ने अध्यादेशहरुमा परिमार्जन गर्नेबारे विचार गरिरहेको छ । साधारण घरमा यस्तो खालको नियम लागू गर्न लागिएको यो जापानमै पहिलो पटक भएको महानगरले बताएको छ ।

सरकारले आवास निर्माणकर्तँ र सम्बन्धित घर मालिक एवम् अन्य व्यक्तिहरुबाट प्राप्त रायको आधारमा यससम्बन्धी आधारभूत नीति तयार पारेको थियो । महानगर सरकारले यसै वर्षका डिसेम्बरमा टोकियो महानगर सभामा संशोधिक अध्यादेश पेश गर्ने योजना बनाएको छ । योजना स्वीकृत भयो भने यो सन् २०२५ को अप्रिलदेखि लागू हुनेछ ।

Sanjay poudyal

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago