टोकियो – जापानको राजधानी टोकियोमा हरेक घरमा सौर्य ऊर्जा उत्पादन गर्ने उपकरणहरुको जडान अनिवार्य गराइने भएको छ । सन् २०२५ बाट यो नयाँ नियम लागू गर्नेबारे टोकियो महानगर सरकारले विचार गरिरहेको छ ।
घरपरिवारबाट हुने हरित गृह ग्यास उत्सर्जन कटौती गर्न महानगर सरकारले नयाँ बन्ने घरहरुमा फोटोभोल्टिक ऊर्जा उत्पादनका उपकरणहरु जडान गर्न आवश्यक पर्ने अध्यादेशहरुमा परिमार्जन गर्नेबारे विचार गरिरहेको छ । साधारण घरमा यस्तो खालको नियम लागू गर्न लागिएको यो जापानमै पहिलो पटक भएको महानगरले बताएको छ ।
सरकारले आवास निर्माणकर्तँ र सम्बन्धित घर मालिक एवम् अन्य व्यक्तिहरुबाट प्राप्त रायको आधारमा यससम्बन्धी आधारभूत नीति तयार पारेको थियो । महानगर सरकारले यसै वर्षका डिसेम्बरमा टोकियो महानगर सभामा संशोधिक अध्यादेश पेश गर्ने योजना बनाएको छ । योजना स्वीकृत भयो भने यो सन् २०२५ को अप्रिलदेखि लागू हुनेछ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…