सहकारी संस्था तिर्ने करकाे दर हेरफेर

२०७९, २४ भाद्र शुक्रबार १५:५३

सहकारी संस्थाकाे कर छुट हुने कारोबार बाहेकका कारोबारमा करकाे दर हेरफेर भएकाे छ ।  अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी सहकारीकाे नाफामा लाग्ने करको दरमा हेरफेर गरिएको जानकारी दिएको हो ।

सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकका कारोबार गरेमा साबिकको नगरपालिका क्षेत्रभित्र सात प्रतिशत र महानगरपालिका क्षेत्रभित्र १५ प्रतिशत आयकर लाग्ने व्यवस्था हटाइएको छ ।

नयाँ व्यवस्थाभित्र नगरपालिका क्षेत्रभित्र सञ्चालन भएका सहकारीले पाँच प्रतिशत, उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकामा सात प्रतिशत र महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकामा १० प्रतिशत बराबरको छुट दिइनेछ ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु