उपत्यकासहितका केही जिल्लामा आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडाैँ – काठमाडौँ उपत्यकासहितका केही जिल्लामा विभिन्न कार्यक्रम गरेर मनाइँदै छ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरेर यो पर्व
मनाइन्छ। हरेक वर्ष भाद्र शुक्ल चतुर्थीका दिनलाई इन्द्रजात्राका रुपमा मनाउने परम्परा छ।

इन्द्रजात्रा, काठमाडाैँ, ललितपुर, भक्तपुर, धुलिखेल र
दोलखा लगायतका जिल्लामा मनाउने गरिन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

आजकै दिन भगवान विष्णुको पूजा अर्चना गरी अनन्त चतुर्दशी पनि मनाउने गरिन्छ।

आज इन्द्रजात्रा संचालन अवधिभर दिउँसो १ बजेदेखि राति १० बजेसम्म विभिन्न स्थानमा ट्राफिक डाईभर्सन गरिने छ। मालवाहक सवारी साधनलाई विहान ९ बजेदेखि राति १० बजेसम्म रोक लगाइएको छ।

यस्तै भोटेवहाल पिपलबोट,लगन सिलखाना,गोफल चोक, इनाखा गणेश मन्दिर, लगन चोक, भोटेवहाल, वण्डे, गुणकामदेव मार्ग, क्वाहिटी मार्ग, परोपकार, रामघाट पिपलवोट, छ्वासा पाखा, शान्ति निकुञ्ज चोक, मरु ढुङ्गे धारा, प्याफल चोक, ईन्द्र चोक, मखन गल्ली, मखन महादेव, जुद्वशालिक, झोसे चोक, जोर गणेश चोक र यंगाल चोकमा सवारी साधन प्रवेशमा रोक लगाइने छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago