राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत या राजीनामा दिनुपर्ने हुन्छ: प्रचण्ड

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जाने बताएका छन्।

पोखरा पुगेर सञ्चारकर्मीसँग कुराकानीका क्रममा उनले केहीदिन अघि आफूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दा उनी नागरिकता विधेयक प्रमाणिकारण गर्ने मुडमा नभएकाे बताउँदै अब अदालत जाने या राष्ट्रपतिले राजीनामा गर्नुपर्ने विकल्प सिर्जना भएकाे बताएका हुन्।

 

‘मैले केहीदिन अघि राष्ट्रपति जीसँग भेटेर कुरा गर्दा उहाँ यो विषयलाई राजनीतिक विषय बनाउने मुडमा भएकै देखेको थिएँ’ उनले भने, ‘प्रमाणीकरण नगर्ने पनि सम्भावना छ। दोस्रोपटक पनि प्रमाणीकरण गर्नुभएन भने अदालत जाने या राजीनामा गर्नुपर्ने हुन सक्छ। राष्ट्रपतिलाई संविधानले दोस्रोपटक फिर्ता गर्नसक्ने व्यवस्था छैन।’

उनले यसअघि केपी शर्मा ओलीले लगेको अध्यादेशमै भएको व्यवस्था अहिले पनि कायमै रहेको बताए। प्रचण्डले राज्य व्यवस्था समितिमा वैवाहिक अंगीकृत सात बर्से प्रावधान राख्नुपर्छ भनेर आफूले नै भनेको भएकाले त्यसमा आफ्नो अडान परिर्वतन हुने बताए।

यसका साथै उनले आफ्नो भारत भ्रमणसँग नागरिकता विधेयकको कुनै साइनो नभएको प्रष्टसमेत पारे।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago