फाइल फोटो
काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जाने बताएका छन्।
पोखरा पुगेर सञ्चारकर्मीसँग कुराकानीका क्रममा उनले केहीदिन अघि आफूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दा उनी नागरिकता विधेयक प्रमाणिकारण गर्ने मुडमा नभएकाे बताउँदै अब अदालत जाने या राष्ट्रपतिले राजीनामा गर्नुपर्ने विकल्प सिर्जना भएकाे बताएका हुन्।
‘मैले केहीदिन अघि राष्ट्रपति जीसँग भेटेर कुरा गर्दा उहाँ यो विषयलाई राजनीतिक विषय बनाउने मुडमा भएकै देखेको थिएँ’ उनले भने, ‘प्रमाणीकरण नगर्ने पनि सम्भावना छ। दोस्रोपटक पनि प्रमाणीकरण गर्नुभएन भने अदालत जाने या राजीनामा गर्नुपर्ने हुन सक्छ। राष्ट्रपतिलाई संविधानले दोस्रोपटक फिर्ता गर्नसक्ने व्यवस्था छैन।’
उनले यसअघि केपी शर्मा ओलीले लगेको अध्यादेशमै भएको व्यवस्था अहिले पनि कायमै रहेको बताए। प्रचण्डले राज्य व्यवस्था समितिमा वैवाहिक अंगीकृत सात बर्से प्रावधान राख्नुपर्छ भनेर आफूले नै भनेको भएकाले त्यसमा आफ्नो अडान परिर्वतन हुने बताए।
यसका साथै उनले आफ्नो भारत भ्रमणसँग नागरिकता विधेयकको कुनै साइनो नभएको प्रष्टसमेत पारे।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…