शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भुमिकाको मूल्यांकन हुनुपर्छः सोमप्रसाद पाण्डे

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सांसद सोमप्रसाद पाण्डेले माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भुमिकाको मूल्यांकन गरेर मात्रै आगामी निर्वाचनको सिट बाँडफाँट हुनुपर्ने बताएका छन्।

मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाली कांग्रेसले स्थानीय तहमा आएको निर्वाचनको परिणामअनुसार आगामी निर्वाचनमा सिट बाँडफाँट गर्ने भन्ने कुरा उल्लेख गरेको सञ्चारकर्मीको प्रश्नप्रति पार्टीले देउवालाई प्रधानमन्त्री बनाउँदा खेलेको भूमिकाको पनि कदर हुनुपर्ने बताए।

उनले एकीकृत समाजवादीले सहयोग नगरेको खण्डमा देउवा प्रधानमन्त्री बन्न नसक्ने स्थिति रहेको भन्दै सबैलाई सबै क्षेत्रको भूमिकाको कदर गरेर सिट बाँडफाँट हुने बताए।

उनले सिट बाँडफाँटका बारेमा सुरुमा धेरै बहस भए पनि निष्कर्ष सहजै निस्कने दाबी गरे। अब पनि राष्ट्रिय सहमतिकै सरकार बन्नुपर्ने र राष्ट्रिय सहमतिबाट नै मुलुक अग्रगमन र समृद्धिको निम्ति लाग्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

उनले भने, ‘आगामी निर्वाचनको सवालमा सिट बाँडफाँट गर्ने कुरा हो, त्यसमा आफ्नो आफ्नो पार्टीको जोडबल त रहन्छ नै। जुन उद्देश्य र समयको आवश्यकतालाई पूरा गर्ने गरेर गठबन्धन गरेका थियौँ, गठबन्धनभित्र रहेका दलमा आपसी समझदारी हुन्छ। सबैले आफ्नो अडान लिएर बस्ने खालको अवस्था पनि रहँदैन। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा माधव नेपालको पार्टीले गरेको सहयोगको पनि मूल्यांकन हुनुपर्छ। गठबन्धनलाई यहाँसम्म पुर्‍याउने कुराको पनि मूल्यांकन गरेर सिट बाँडफाँट हुनुपर्छ। गठबन्धनमा धेरै छलफल गर्छौँ तर निष्कर्षमा सहजै पुग्छौँ।’

उनले देशमा राजनीतिक स्थिरताका साथै आर्थिक क्रान्ति ल्याउने हिसाबले पार्टी आगामी निर्वाचनमा होमिने बताए।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago