शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भुमिकाको मूल्यांकन हुनुपर्छः सोमप्रसाद पाण्डे

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सांसद सोमप्रसाद पाण्डेले माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भुमिकाको मूल्यांकन गरेर मात्रै आगामी निर्वाचनको सिट बाँडफाँट हुनुपर्ने बताएका छन्।

मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाली कांग्रेसले स्थानीय तहमा आएको निर्वाचनको परिणामअनुसार आगामी निर्वाचनमा सिट बाँडफाँट गर्ने भन्ने कुरा उल्लेख गरेको सञ्चारकर्मीको प्रश्नप्रति पार्टीले देउवालाई प्रधानमन्त्री बनाउँदा खेलेको भूमिकाको पनि कदर हुनुपर्ने बताए।

उनले एकीकृत समाजवादीले सहयोग नगरेको खण्डमा देउवा प्रधानमन्त्री बन्न नसक्ने स्थिति रहेको भन्दै सबैलाई सबै क्षेत्रको भूमिकाको कदर गरेर सिट बाँडफाँट हुने बताए।

उनले सिट बाँडफाँटका बारेमा सुरुमा धेरै बहस भए पनि निष्कर्ष सहजै निस्कने दाबी गरे। अब पनि राष्ट्रिय सहमतिकै सरकार बन्नुपर्ने र राष्ट्रिय सहमतिबाट नै मुलुक अग्रगमन र समृद्धिको निम्ति लाग्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

उनले भने, ‘आगामी निर्वाचनको सवालमा सिट बाँडफाँट गर्ने कुरा हो, त्यसमा आफ्नो आफ्नो पार्टीको जोडबल त रहन्छ नै। जुन उद्देश्य र समयको आवश्यकतालाई पूरा गर्ने गरेर गठबन्धन गरेका थियौँ, गठबन्धनभित्र रहेका दलमा आपसी समझदारी हुन्छ। सबैले आफ्नो अडान लिएर बस्ने खालको अवस्था पनि रहँदैन। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा माधव नेपालको पार्टीले गरेको सहयोगको पनि मूल्यांकन हुनुपर्छ। गठबन्धनलाई यहाँसम्म पुर्‍याउने कुराको पनि मूल्यांकन गरेर सिट बाँडफाँट हुनुपर्छ। गठबन्धनमा धेरै छलफल गर्छौँ तर निष्कर्षमा सहजै पुग्छौँ।’

उनले देशमा राजनीतिक स्थिरताका साथै आर्थिक क्रान्ति ल्याउने हिसाबले पार्टी आगामी निर्वाचनमा होमिने बताए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago