अमृत ढकाल,काठमाडौं: आज निजी विद्यालयको छाता सङ्गठन स्कूलस अलाइन्स फर एकेडेमिक टान्सफरमेसन ( स्याट) को चौथो महाधिबेसन श्री बिनय श्रेष्ठ लाई अध्यक्षमा चयनगरी सु-सम्पन्न भएको छ। महाधिबेसनको प्रमुख अतिथि नेसनल प्याब्सन केन्द्रिय महासचिव पारसमणि दाहालको उपस्थितिमा कपन भिलेज रिसोटमा भएको छ।
स्याटले आफ्नो स्थापना कालदेखिनै विद्याथीहरुको क्षमताको पहिचान गर्दै बिभिन्न बिद्यामा विद्यार्थिहरुलाई सबल र असल नागरिक बनाउन बिद्यालयहरुको सामुहिक प्रयास गदै आएको छ। अधिबेसनलाई शुभकामना को साथै नब निर्वाचित पदाधिकारी हरुलाई बदाइदिन नेपाल डेरि एसोसियसन का अध्यक्ष प्रह्लाद दाहाल बुढानिलकण्ठ नगरपालीका वाड नं १३ का वडा अध्यक्ष टिकेश नारायन श्रेष्ठ को साथ साथै काठमाडौ नेसनल प्याब्सन अध्यक्ष खड्क बस्नेत, भिष्म पाण्डे (अध्यक्ष काठमाडौ मेट्रो नेसनल प्याब्सन), नारायण तिमिलसिना (अध्यक्ष बुढानिलकण्ठ नेसनल प्याब्सन) को उपस्थितिमा थियो।
चौथो महाधिवेसन पछाडी संस्थाका सदस्य विद्यालयहरु १९ भएको र संस्थाले गर्दै आएको अतिरिक्त कृयाकलाप लाई अझ व्यबस्थित गर्ने र गुणस्तरिय शिक्षा लाई २१ औ सताब्दी अनुरूप बनाउन शिक्षण पद्धतिमा एकरुपता ल्याउने प्रतिबद्धता व्यक्त गदै उपाध्यक्षमा शक्तिराज नेपाल, सचिव निलम मणी भट्टराई, तथा कोषाध्यक्ष प्रशान्त दाहाल लाई पदाधिकारीको रुपमा चुनि सम्पन्न भयो।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…