प्रविधि भएर मात्र के गर्ने चलाउने नभइदिएपछि, कम्प्यूटर भरि माकुराको जालो

मुगु: जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिकामा रहेको एक विद्यालयमा विद्युत नहुँदा विद्यालयले ल्याएको कम्प्युटर प्रयोगविहीन हुँदा माकुराको घर बनेका छन् । ७ वर्ष पहिले नेपाल सरकार सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दुर सञ्चार प्राधिकरणको सहयोगमा खत्याड गाउँपालिका-१० मा रहेको महादेव माध्यामिक विद्यालयमा अध्यानरत विद्यार्थीहरूलाई कम्प्युटर शिक्षासँगै ईन्टरनेट सेवा दिने उद्देश्यका साथ साथ २४ वटा कम्प्युटर, ४ वटा सीसी क्यामरा र ईन्टरनेट सेवा सहयोग गरिए पनि उक्त विद्यालयमा विद्युत् नहुँदा जडान गरिएका कम्प्युटर, सीसी क्यामरा र ईन्टरनेट मेसिनमा माकुराले जालो लगाएका छन् ।

७ वर्ष पहिला विद्यालयमा वैकल्पिक सौर्य उर्जाबाट विद्यालयलाई सौर्य पातासहितको विद्युत् सहयोग गरेको थियो । सोहीअनुरुप नेपाल सरकार सञ्चार तथा प्रबिधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरण कम्प्युटर, सीसी क्यामरालगायतका विद्युतीय उपकरण माग गर्दा उपलब्ध भएको थियो । तर, विद्युत् सेवाको सहज पँहुच नहुँदा लाखौँ मुल्यका कम्प्युटर र अन्य सामग्री प्रयोगविहीन भएको विद्यालयले जानकारी दिएको छ ।

विद्यालयमा कक्षा ६, ७, ८ सम्म कम्प्युटर शिक्षा विषय पढाई हुने भएकोमा विद्यार्थीलाई प्रयोगात्मक कक्षा सञ्चालन नगरी थन्काइएको छ । ‘गाउँका सिहंदरबार खत्याड गाउँपालिकामा विद्युत् व्यवस्थापनका लागि उचित बजेटको प्रवन्ध मिलाउन गाउँपालिकासँग आग्रह गरेका थियौ, तर गाउँपालिकाले कुनै पनि सुनाई गरेन । विद्यालयमा आर्थिक स्रोत पनि नभएकोले कम्प्युटर प्रयोगविहीन बनेका छ’, विद्यालयका प्राधानाध्यापक चन्द्र बहादुर रोकायाले बताए ।

लामो समयसम्म प्रयोगविहीन कम्प्युटरमध्ये केही बिग्रिएका छन् । विद्यालयमा ल्याईएको कम्प्युटर प्रयोगविहीन बन्दा विद्यार्थीलाई समस्या भएका अभिभावक चन्द्रविर बुढाले गुनासो गरे ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago