विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीय शासन व्यवस्थालाई बलियो बनाउन स्थानीय पालिका सफल हुनुपर्ने बताएका छन् ।
प्रदेश नं १ का स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्षका लागि स्थानीय सरकार सञ्चालनसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको आज यहाँ आयोजित समापन तथा प्रमाणपत्र वितरण समारोहमा उनले संघीय शासन व्यवस्थाका लागि स्थानीय तहको विशिष्ट महत्व भएको धारणा राखे ।
मुख्यमन्त्री राईले संघीयताको जग नै स्थानीय तह भएको बताउँदै सबै जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे ।
उनले दुईदिने तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्दै जोश र होस पुर्याएर काम गरेमा सफलता अवश्यक प्राप्त हुने धारणा राखे । मुख्यमन्त्री राईले क्षमताभन्दा बढीको योजना छनोट गर्ने र टुक्राटुक्री योजनाका नाममा कनिका झैँ बजेट छर्ने दुवै काम उचित नहुने विचार राखे ।
“एउटा प्रसिद्ध भनाइ छ, ‘एकैसाथ दश औँलाले उपियाँ मार्न खोजे एउटा पनि मर्दैन’, सबै काम एकैचोटि गर्छु नभन्नुहोस्, एउटा एउटा काम सक्दै लैजानुहोस्”, मुख्यमन्त्री राईले भने । सो अवसरमा मुख्यमन्त्री राईले प्रदेशका १३७ वटै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्षलाई निर्वाचित भएकामा बधाई ज्ञापनसहितको प्रमाणपत्र प्रदान गरे ।
तालिम समापनका अवसरमा सहभागीका तर्फबाट खोटाङ जिल्ला साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राई, सोलुखुम्बु जिल्ला सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेत, मोरङ जिल्ला उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीनाकुमारी खतिवडाले अभिमुखीकरण कार्यबाट पालिकामा कार्य गर्न लाभदायक हुने विचार राखे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…