स्वीडेनले फोहोर किन्छ, जर्मनी पैसा दिन्छ, तुर्किय बिजुली निकाल्छ, हामी के राजनितिमात्र गर्ने?

काठमाडौं: नेपालमा महिना बिराएर फोहोरको समस्या बल्झने गरेको छ । हाल फोहोर फाल्ने स्थान रहेको नुवाकोटको बन्चरेडाँडामा काठमाडौँ महानगर र त्यहाँका स्थानीयबीच सहमति भएपछि आजबाट फोहोर व्यवस्थापन सुरु भएको छ । ३ वर्षको लागि काठमाडौँबाट निस्कने फोहोरलाई सिसडोलमा फाल्न सुरु गरेको सरकारले १७ वर्षसम्म फालेर त्यहाँ भरिएपछि हाल अर्को स्थान बन्चरेडाँडामा फाल्न सुरु गरेको छ ।

महानगरबाट उत्पन्‍न हुने फोहोर अन्य स्थानमा लगेर त्यहाँका जनतालाई बाँच्‍न मुस्किल बनाउनेभन्दा पनि त्यसलाई महानगरमा नै व्यवस्थापन गर्नुपर्ने देखिन्छ । यसका लागि महानगरले दिर्घकालिन फोहोर व्यवस्थापनको नीति अपनाएर अन्य देशमा रहेका फोहोर व्यवस्थापन प्रणाली अपनाउँदा काठमाडौँको समस्या समाधान हुन्छ ।

हाल अर्बौँ खर्च गरेर पनि काठमाडौँले फोहोर व्यवस्थापन प्रभावकारी रूपमा गर्न नसकिरहेको अवस्था छ । हाल विश्वका विभिन्‍न देशमा फोहोर कसरी व्यवस्थापन भइरहेको छ त यसको बारेमा केही जानकारी लिऔँ :

तुर्कियमा दैनिक १ सय मेगावाटसम्म विद्युत उत्पादन
तुर्किय (पुरानो नाम टर्की)मा फोहोर व्यवस्थापन पनि निकै उत्कृष्ट रूपमा गरिएको छ । अधिकांश प्लास्टिक र सिसाको सामानहरू पुन प्रयोग गरिन्छ । युरोपमा सिसा र प्लास्टिकको बोत्तल पुन प्रयोग गर्नको लागि युरोपियन युनियनले बोत्तल र सिसा जम्मा गर्दा निश्चित युरोसमेत दिने गरेको छ । यसले गर्दा यस्ता सिसा र प्लास्टिकको बोतलहरू पुन प्रयोगमा जान्छ ।

तुर्कियमा फोहोरलाई घर/अफिसबाट संकलन पश्चात त्यहाँको फोहोर व्यवस्थापन गर्ने कम्पनीले यसबाट ऊर्जा उत्पादन गर्ने गरेको छ । घर तथा कार्यालयले फोहोरको प्रकृति हेरेर कुहिने र नकुहिने छुट्याउँछन् । यस्ता फोहोरको मात्रा हेरेर १ सय मेगावाटसम्म विद्युत उत्पादन गर्ने गरेको छ । तुर्कियले डम्पिङ साइटमा फाल्ने फोहोरको मात्रा २ प्रतिशत हुने गरेको छ जुन निकै कम हो ।

जापानमा फोहोर फाले पाँच वर्ष जेल, १० मिलियन अमेरिकी डलर जरिवाना
१ करोड ३० लाखभन्दा बढी मानिसहरू जापानको राजधानी टोकियोमा बस्छन् । नेपालको तुलनामा आधा जनसंख्या बस्‍ने सहरमा एक टुक्रा प्लास्टिक वा अन्य फोहोर मैला भेट्टाउन सकिदैन् । जापानमा पनि फोहोरै नहुने होइन तर त्यहाँका मानिसहरू फोहोर कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने सरकारको फोहोर व्यवस्थापन प्रणालीलाई अनुकरण गर्ने गरेका छन् । जापानमा विद्यालयस्तरदेखि नै विद्यार्थीहरूमा सफाइ सम्बन्धि ज्ञान दिइने गरिएको छ । विद्यालयमा कक्षा सकिएपछि आफ्नो विद्यालय सफा गर्ने बानीको विकास सानैदेखि हुने गरेको छ ।

जापानमा कपोस्टेबल, इनकम्पोस्टेबल, रिसोरेसेसर्वल र लार्ज आइटम गरि चार भागमा वर्गीकरण गरेको छ । यसरी वर्गीकरण गरेको फरक-फरक दिनमा त्यहाँको फोहोर व्यवस्थापन गर्नेले संकलन गर्छ । जापानमा पनि जथाभावी फोहोर फालेमा ५ वर्ष जेल देखि १० मिलियन अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । यसरी संकलन गरिएको फोहोरलाई त्यहाँ पावर निकाल्ने तथा प्लास्टिक लगायतका फोहोरबाट प्लास्टिकका सामानहरू बनाउने गरिएको छ ।

जर्मनीको फोहोर व्यवस्थापन विश्वकै उत्कृष्ट
युरोपको हब मानिने जर्मनीको फोहोर व्यवस्थापन पनि विश्वकै उत्कृष्टमध्ये एक हो । जर्मनीमा पनि त्यहाँका नागरिकले घरबाटै फोहोर छुट्याउछन् । जर्मनीमा प्लास्टिक तथा सिसाका बोतलमा केही युरोसमेत पाइने व्यवस्था छ । यसरी संकलन गरिएका प्लास्टिक तथा सिसाका बोतलहरू पुन प्रयोग गरिन्छ । जर्मनी विश्वमै सबैभन्दा धेरै यस्ता सामाग्रीहरूको पुन प्रयोग गर्ने देशसमेत हो ।

त्यस्तै त्यहाँ कुहिने र नकुहिने फोहोर छुट्याएर राखिएका फोहोर त्यहाँको फोहोर व्यवस्थापन गर्ने संस्थाले लैजान्छ र जसलाई मेसिनद्वारा पुन: प्रयोग सामाग्री तथा सडक संरचना बनाउन प्रयोग गरिने सामाग्रीहरू समेत बनाइन्छ ।

स्वीडेनले फोहोर किन्छ
स्वीडेनले फोहोर व्यवस्थापन र रिसाइकल गर्ने सन्दर्भमा एक बेन्चमार्क सेट गरेको छ। स्वीडेनमा लगभग ९९ प्रतिशत फोहोर पुन: प्रयोग गरिन्छ र १ प्रतिशत मात्र ल्यान्डफिलहरूमा फाल्ने गरेका छन् । वास्तवमा, तिनिहरूको ल्यान्डफिलहरू यति खाली छन् कि स्पष्ट रूपमा स्वीडेनले अन्य देशहरूबाट फोहोर आयात गर्नुपर्छ । एक स्वीडिस वातावरण संरक्षण संस्थाका अनुसार स्वीडेनले प्रत्येक वर्ष लाखौँ टन फोहोर अन्य देशबाट आयात समेत गर्छ यसमा सबैभन्दा ठूलो हिस्सा नर्वे र बेलायतको रहेको छ ।

स्वीडेनले हरेक वर्ष उत्पादन गर्ने ४.४ मिलियन टन घरेलु फोहोरमध्ये २२ लाखलाई वेस्ट-टू-एनर्जी नामक प्रक्रियाबाट ऊर्जामा परिणत गरिन्छ । घरेलु प्रयोगकर्ताले फोहोरलाई वर्गीकरण गरी खतरनाक फोहोरहरू र पुन: प्रयोग गर्न मिल्ने सामग्रीहरूमा अलग-अलग छुट्याएका हुन्छन् । जसलाई त्यसपछि विभिन्‍न फोहोर-व्यवस्थापन प्रणालीहरूमा पठाइन्छ । यसरी आएका फोहोरहरूलाई प्रकृति हेरेर ऊर्जा, पुन प्रयोग र ल्यान्डफिलमा पुर्‍याइन्छ ।

संयुक्त राज्य अमेरिका, जर्मनी, अष्ट्रेलिया, ब्राजिल र कोलम्बियामा विशेष आविष्कारहरू दिगो फोहोर व्यवस्थापनको लागि तयारी गरिरहेका छन् । अमेरिकाको बाल्टिमोर नदीमा पर्यावरणमैत्री रोबोटिक मेसिन जडान गरिएको छ । जुन सोलार र नदीको धाराबाट सञ्चालित हुन्छ। यसले नदीको फोहोर र फोहोर सफा गर्छ र यसलाई मेसिनमा निर्मित एक ब्यारेजमा जम्मा गर्छ ।

ब्राजिलको एक डिजाइन स्टुडियोले मानिसहरूलाई आफ्नो घर सजाउन एवं बनाउन प्लास्टिकको फोहोर प्रयोग गर्न प्रोत्साहित गरिरहेको छ ।(एजेन्सीहरूको सहयोगमा)

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago