किशोरको हत्या आरोपमा नगरप्रमुख अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता

काठमाडौं: अछामको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थानमा मृत अवस्थामा भेटिएका १७ वर्षका किशोरको हत्या आरोपमा किटानी जाहेरी दर्ता भएको छ । कक्षा १० मा अध्ययनरत बिनोद शाही जेठ २१ मा मृत अवस्थामा फेला परेपछि उनको हत्याको आरोपमा पीडितले पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् ।

प्रहरीले जाहेरी दर्ता गरेपछि पीडितले शव बुझेका सुदूरपश्चिम प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भोलाबहादुर रावलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार मृतक शाहीको शवको जिल्ला अस्पताल मंगलसेनमा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमको रिपोर्ट आउन भने आउन बाँकी रहेको प्रवक्ता रावलले बताए । घटनास्थमा पुगेको प्रहरी प्रधान कार्यालय मातहत रहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले शंकास्पद ५ जनालाई पक्राउ गरेकोमा ३ जनालाई छाडिएको छ । घटनामा संलग्न नदेखिएपछि ३ जनालाई छोडिएको एसएसपी रावलले जानकारी दिए ।

किशोरको मृत्युबारे अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान ब्यूरोका डिएसपी मनोहर भट्ट नेतृत्वको टोली घटनास्थलमा रहेको छ । जेठ २१ गते बिनोद पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा मृत अफस्थामा फेला परेका थिए । जेठ २१ मा आक्रोशित समुहले ईलाका प्रहरी कार्यालय विनायकमा तोडफोड गरेका थिए । स्थानीयले प्रहरीको गाडी तोडफोड गर्नुका साथै पञ्चदेवल बिनायक नगरपालिकामा तालाबन्दीसमेत गरेका छन् ।

बल बहादुर शाहीको छोरा १७ वर्षीय मृतक शाहीको मोबाइल शवभन्दा माथी मध्यपहाडी लोकमार्गमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक शाहीले लगाएको चप्पल भिरमा अड्किएको अवस्थामा फेला परेको थियो । मृतक शाही जेठ १७ मा राति हराएका थिए । पिडित पक्षले घटनामा भर्खरै निर्वाचित नगरप्रमुख अम्बिका चलाउनेको मुख्य हात रहेको जिकिर गर्दै किटानी जाहेरी दर्ता गराएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago