दोर्दी खोला कम्पनीको आईपीओ ‘साधारण सेयर’ आजदेखि बिक्रीमा

काठमाडौँ – दोर्दी खोला कम्पनीले दोस्रो पटक सर्वसाधारणका लागि साधारण सेयर बिक्रीमा ल्याएको छ।

प्रति सेयर १०० अंकित दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण बिक्रीमा ल्याएको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूबाट अवितरित २ लाख ९७ हजार ८४० कित्तासहित सो सङ्ख्याको आईपीओ बिक्री खुला गरेको जनाएको छ।

कम्पनीले निष्कासन गर्ने कुल आईपीओमध्ये पाँच प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषका इकाइहरूलाई तथा तीन प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरेको छ। बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले जेठ ३१ गतेसम्म ‘मेरो सेयर’को मोबाइल एप तथा वेबसाइट, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन्।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्तासम्म सेयरका लागि आवेदन दिन पाउने व्यवस्था रहेको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएको छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago