फौजी किराले इलामका मकैबारी सखाप, किसान चिन्तित बनेका छन् ।

इलाम- फौजी किराको प्रकोप बढेपछि इलामका किसान चिन्तित बनेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा लगाएको मकै बालीमा फौजी किराले क्षति पु-याएको छ । किराको हुलले मकैको पात, गुभा र डाँठ समेत खाएपछि मकैबारी नै सखाप बनेको छ । जिल्लाका सबैजसो स्थानमा फौजी किराको प्रकोप देखिएको छ ।

देउमाई, माई, चुलाचुली, फाकफोकथुम, माइजोगमाई, इलाम नगरपालिका लगायत धेरै क्षेत्रमा फौजी किराको प्रकोप बढेको छ । किसानहरू किरा नियन्त्रणका लागि विषादी लिन कृषि ज्ञान केन्द्रसम्म पुग्ने गरेका छन् । तर जिल्लाभरि नै किराको प्रकोप फैलिएकाले आवश्यक मात्रामा औषधि समेत नपाइएको गोलाखर्कका किसान दुर्गा बहादुर गोलेले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र इलामले किरा नियन्त्रणको लागि पालिकाका सम्बन्धित कृषि शाखामा निःशुल्क विषादी पठाइएको दावी गरेको छ । तर, किसानहरू भने पर्याप्त विषादी नपाएको गुनासो गर्छन् । केही वर्षदेखि मकै बालीमा अमेरिकि फैजी किराको प्रकोप देखिएपछि सरकारले यसको नियन्त्रण तथा रोकथामका लागि अभियान चलाएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago