इलाम- फौजी किराको प्रकोप बढेपछि इलामका किसान चिन्तित बनेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा लगाएको मकै बालीमा फौजी किराले क्षति पु-याएको छ । किराको हुलले मकैको पात, गुभा र डाँठ समेत खाएपछि मकैबारी नै सखाप बनेको छ । जिल्लाका सबैजसो स्थानमा फौजी किराको प्रकोप देखिएको छ ।
देउमाई, माई, चुलाचुली, फाकफोकथुम, माइजोगमाई, इलाम नगरपालिका लगायत धेरै क्षेत्रमा फौजी किराको प्रकोप बढेको छ । किसानहरू किरा नियन्त्रणका लागि विषादी लिन कृषि ज्ञान केन्द्रसम्म पुग्ने गरेका छन् । तर जिल्लाभरि नै किराको प्रकोप फैलिएकाले आवश्यक मात्रामा औषधि समेत नपाइएको गोलाखर्कका किसान दुर्गा बहादुर गोलेले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र इलामले किरा नियन्त्रणको लागि पालिकाका सम्बन्धित कृषि शाखामा निःशुल्क विषादी पठाइएको दावी गरेको छ । तर, किसानहरू भने पर्याप्त विषादी नपाएको गुनासो गर्छन् । केही वर्षदेखि मकै बालीमा अमेरिकि फैजी किराको प्रकोप देखिएपछि सरकारले यसको नियन्त्रण तथा रोकथामका लागि अभियान चलाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…