अविरल वर्षापछि अवरूद्ध भएको पृथ्वी राजमार्गको तनहुँ खण्ड एकतर्फी सञ्चालनमा आएको छ।
गए राति १० बजेदेखि बन्दिपुर गाउँपालिका वडा नम्बर १ रिमाल्नीमा सडक अवरूद्ध भएको थियो।सडकमा जम्मा भएको हिलोमा बस फसेको थियो। बस निकालेपछि आज बिहान ८ बजेदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
पृथ्वी राजमार्गकै याम्पाफाँट लगायतमा सडक विस्तार गर्न हरेक रात पाँच घन्टा सडक बन्द गर्ने गरिएको छ। यी ठाउँ र रिमाल्नीमा सडक अवरूद्ध हुँदा यात्रुहरू गन्तब्यमा जान रोकिएका थिए।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…