स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेलाई कडा सजाय

काठमाडौं: स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेलाई विगतभन्दा थप कडा सजायसहित अध्यादेश जारी गरिएको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गरी स्वास्थ्य तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधित २०७९ अध्यादेश जारी भएको छ । अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई पुर्पक्षमा थुनामा राख्ने व्यवस्था गरिएका थियो भने नयाँ संशोधित अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी गर्ने गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ ।

यस्तै स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याएमा, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्‍याएमा, स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गरेको खण्डमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने अध्यादेशमा उल्लेख गरिएको छ ।

यस्तै, स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गरेमा, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्‍याएमा, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न कुनै किसिमले धम्की दिएमा, गालीगलौज गर्ने वा अभद्र वा अपमानजनक व्यवहार गरेको खण्डमा एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ ।

विगत लामो समयदेखि स्वास्थ्य सेवामा आबद्ध स्वास्थ्यकर्मी तथा निजी तथा सरकारी स्वास्थ्यकर्मी सङ्घहरूले स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तथा स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई कडा खालको कारबाहीको कानुनी व्यवस्था गर्नुपर्ने माग गर्दै आएका थिए । पछिल्लो समय स्वास्थ्यकर्मीमाथि शारीरिक आक्रमण तथा स्वास्थ्य संस्थामा पनि आक्रमण गर्ने घटनाहरु बढ्दै गएको थियो ।

सुरक्षा समन्वय समिति कोको हुन्छन् ?

स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी तथा स्वास्थ्य संस्थाको सुरक्षामा समन्वयात्मक रूपले काम गर्न लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति गठन गर्नुपर्ने हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ल्याएको अध्यादेशको पूर्ण पाठमा कसुर र सजाय १ मा कसैले दफा ३ बमोजिमको कुनै कार्य गरेमा ३ उपदफा १ बमोजिम कसुर गर्ते व्यक्तिले गरेको काम कारबाहीबाट कुनै स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी वा स्वास्थ्य संस्थालाई कुनै हानि नोक्सानी भएमा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित कसुरदारबाट त्यस्तो हानि नोक्सानी बापत मनासिब माफिकको क्षतिपूर्ति समेत भराइदिनु पर्ने जारी अध्यादेशमा उल्लेख गरिएको छ । यस्तै, तोडफोड आगजनी वा हानि नोक्सानी गरी क्षति पुर्‍याएकोमा त्यसरी भएको क्षति बराबरको रकम भराउनुपर्ने उल्लेख गरिएको छ ।

जारी अध्यादेशमा अध्यक्षसहित ११ समन्वयात्मक सदस्य गठन गर्नुपर्ने उल्लेख गरिएको छ । जसमा मन्त्रालयको सचिवले तोकेको मन्त्रालयको बार्हौँ तहको कर्मचारी एकजना अध्यक्ष हुनुपर्ने उल्लेख गरिएको छ । यस्तै, उपाध्यक्षमा मन्त्रालयले तोकेको सम्बन्धित महाशाखा प्रमुख एक जना, यस्तै, राजपत्राङ्कित द्वितीय श्रेणी गृह मन्त्रालयको प्रतिनिधि एक जना सदस्य हुनुपर्ने हुन्छ । यस्तै, नेपाल मेडिकल काउन्सिल सदस्य, नेपाल नर्सिङ परिषद्को एक जना सदस्य, नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल आयुर्वेद चिकित्सा संघ, नेपाल नर्सिङ संघ, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपालका अध्यक्ष वा एक एक जना प्रतिनिधि रहने छन् । र मन्त्रालयको सचिवको तोकेको मन्त्रालयको राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको अधिकृत सदस्यसचिव रहने उल्लेख गरिएको छ । सो सुरक्षा समितिले स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी तथा स्वास्थ्य संस्थाको सुरक्षामा प्रतिकुल हुने गरी कुनै स्वास्थ्य संस्थामा घटेका घटनाका सम्बन्धमा जाँचबुझ गर्ने वा गराउने वा अनुसन्धानमा सहयोग पुर्‍याउने काम गर्छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago