काठमाडौं: शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगले सामाजिक सञ्जालमा उम्मेदवारहरूको फ्यानले कुनै पोस्ट बुस्ट गरेको हुनसक्ने भन्दै मौन अवधि सुरु हुनुअघि नै त्यस्ता पोस्ट हटाउन आग्रह गरेको छ ।

‘मौनअवधि वैशाख २७ गते राति १२ बजेदेखि सुरु हुने तथ उम्मेदवार र उनीहरुको फ्यानहरुको टिकटक, ट्वीटरलगायतको पेजहरूमा स्पोन्सर पोस्ट हुनसक्ने भएकाले सबै उम्मेदवार तथा फ्यानहरुलाई मौन अवधि सुरु हुनअगाडि सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोस्टहरु हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिन तथा सोको आवश्यक नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबारको पत्रकार सम्मेलनमा भने ।

निर्वाचनको मौन अवधिमा टेलिकमहरुबाट ब्लक एसएमएससम्बन्धी काम नगर्न पनि आयोगले आवश्यक निर्देशन दिएको शर्माले बताए । मतदान दिन हुने दिन सबै क्षेत्रमा बिदा दिन पनि आयोगले आग्रह गरेको छ ।

यसैबीच निर्वाचन आयोगले हालसम्म आचारसंहिता उलंघन गर्ने ५५ व्यक्ति तथा पार्टीहरूलाई स्पष्टीकरण सोधिएको जनाएको छ। स्पष्टीकरण सोधिएकामध्ये अधिकांशको जवाफ प्राप्त भएको तथा केहीको आउने क्रममा रहेको आयोगको भनाइ छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago