मदिराजन्य पदार्थको विक्री वितरण तथा सेवन नगर्न नगराउन प्रशासनको आदेश

२०७९, २६ बैशाख सोमबार १२:२५

पाल्पा, १६ बैशाख । स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षाका लागी जिल्ला प्रशासन कार्यालय पाल्पाले आगामी मंगलवारदेखि वैशाख ३० गते निर्वाचन मतदान नसकिँदासम्म मदिराजन्य पदार्थको विक्री वितरण तथा सेवन नगर्न नगराउन सूचना निकालेको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै पाल्पा प्रशासनले स्थानीय निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि मंगलबार राती १२ बजेदेखि त्यस्तो नियम लागु गरिएको जनाएको छ ।

Comments

ताजा खबर