राँगोले हान्दा एकजनाको मृत्यु, थप घटना हुन नदिन राँगोलाई गोली हानेर मारियो

लमजुङ । लमजुङमा राँगाले हान्दा एकजनाको मृत्यु भएको छ । सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको हो ।

राँगोले हानेर गम्भीर घाइते उनको बेँसीशहरस्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार राँगाले शनिबार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई समेत घाइते बनाएको थियो । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । थप घटना हुन नदिनका लागि प्रहरीले राँगा गोली हानेर मारेको छ । रासस

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago